धरानमा ४ मा एकिकृत समाजवादीलाई सघाउने गठवन्धनवीचमा सहमति

  • वैशाख २०, २०७९
  • १,१६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाख ःधरानमा रहेका ४ दलीय गठवन्धनवीच धरान वडा नं ४ मा नेकपा एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति भएको छ ।

गठवन्धन दलहरुको मंगलवार भएको ८ वुदे सहमति अनुसार धरानमा ४ मा नेकपा एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति भएको हो ।

चार दलीय गठवन्धनद्धारा मंगलवार धरान १२ स्थित होटल गोरखामा आयोजित पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिको दोस्रो नम्वरको वुदामा सो सहमति गरीएको छ ।

सहमति पत्रमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादीसंग वडामा गठवन्धन गर्दा गरीएको सहमतिको स्वमितव ग्रहण गर्ने, जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारीलाई निस्कृय वनाउने र वडामा दिइएको उम्मेद्वारीलाई सवै दलले संभव भएसम्म समझदारीमा ल्याउने,सवै दलहरुले आफ्नो उम्मेद्वारी नदिएका वडाहरुमा गठवन्धन दलका उम्मेद्वारहरुलाई सघाउने लगायतको सहमति गरीएको छ ।

धरान ४ मा एकिकृत समाजवादीलाई दिने भनिएपनि सवै सहमति नभएपछि नेपाली कांग्रेस,नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले वडामा उम्मेदवारी दिएका थिए ।

गठवन्धन दलमा सहमति भएपछि नेपाली कांग्रेसले एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति गरी उम्मेद्वारी फिर्ता लिएको थियो । माओवादी केन्द्रले भने उमेद्वारी कायम राखेपछि गठवन्धन दलहरुमा आन्तरीक मतभोद भएको थियो । पछिल्लो सहमति अनुसार माओवादी केन्द्रको उमेद्वारी निस्कृय वनाउने र एकिकृत समाजवादीलाई सहयोग गर्ने आन्तरीक सहमति वनेको थियो ।

सहमति पत्रममा माओवादी केन्द्रका नगर इन्चार्ज फोक्वाहाङ सुव्वा (चोत्लुङ), जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्वु,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष रेवतिरमण राई, नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल, नेपाली कांग्रेसमा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र नेपाली कांग्रेस अन्तर पार्टी समन्वय उपसमिति संयोजक तिलक राईले हस्ताक्षर गरेकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic