धरानमा ४ मा एकिकृत समाजवादीलाई सघाउने गठवन्धनवीचमा सहमति

  • वैशाख २०, २०७९
  • १,१४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाख ःधरानमा रहेका ४ दलीय गठवन्धनवीच धरान वडा नं ४ मा नेकपा एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति भएको छ ।

गठवन्धन दलहरुको मंगलवार भएको ८ वुदे सहमति अनुसार धरानमा ४ मा नेकपा एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति भएको हो ।

चार दलीय गठवन्धनद्धारा मंगलवार धरान १२ स्थित होटल गोरखामा आयोजित पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिको दोस्रो नम्वरको वुदामा सो सहमति गरीएको छ ।

सहमति पत्रमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादीसंग वडामा गठवन्धन गर्दा गरीएको सहमतिको स्वमितव ग्रहण गर्ने, जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारीलाई निस्कृय वनाउने र वडामा दिइएको उम्मेद्वारीलाई सवै दलले संभव भएसम्म समझदारीमा ल्याउने,सवै दलहरुले आफ्नो उम्मेद्वारी नदिएका वडाहरुमा गठवन्धन दलका उम्मेद्वारहरुलाई सघाउने लगायतको सहमति गरीएको छ ।

धरान ४ मा एकिकृत समाजवादीलाई दिने भनिएपनि सवै सहमति नभएपछि नेपाली कांग्रेस,नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले वडामा उम्मेदवारी दिएका थिए ।

गठवन्धन दलमा सहमति भएपछि नेपाली कांग्रेसले एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति गरी उम्मेद्वारी फिर्ता लिएको थियो । माओवादी केन्द्रले भने उमेद्वारी कायम राखेपछि गठवन्धन दलहरुमा आन्तरीक मतभोद भएको थियो । पछिल्लो सहमति अनुसार माओवादी केन्द्रको उमेद्वारी निस्कृय वनाउने र एकिकृत समाजवादीलाई सहयोग गर्ने आन्तरीक सहमति वनेको थियो ।

सहमति पत्रममा माओवादी केन्द्रका नगर इन्चार्ज फोक्वाहाङ सुव्वा (चोत्लुङ), जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्वु,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष रेवतिरमण राई, नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल, नेपाली कांग्रेसमा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र नेपाली कांग्रेस अन्तर पार्टी समन्वय उपसमिति संयोजक तिलक राईले हस्ताक्षर गरेकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic