धरानमा नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक केवलकारदेखि विजयपुर दरवार पुनर्निर्माणसम्म

  • वैशाख २१, २०७९
  • ५,९४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाख ः धरानमा नेकपा एमालेले सवैभन्दा पहिला आफ्नो निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गरी आगामी पाँच वर्षमा गर्ने कामको विवरण सहित घोषणा पत्र सार्वजनिक गरेको हो ।

यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी समेत गराएको थियो ।

निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच वर्षसम्म एमालेले गर्ने कामबारे जानकारी गराएकाथिए ।

सुवेदीले एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिल गरि सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको वताएकाछन् ।

विगतमा एमालेबाट विजयी जनप्रतिनीधिहरुले गरेको कामले पार्टीको शिर उठेको मात्र हैन, मतदाताहरुको सम्मान पनि भएको सुवेदीले दावी गरेकाछन् ।

धरानलाई साच्चै समृद्ध बनाउनका निमित्त ठुला मेघा प्रोजेक्टहरु संचालन गर्नुपर्ने सुवेदीको भनाई रहेको छ ।

सदियौसम्म धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्नका लागि मेघा प्रोजेक्टको विकल्प नभएको उनको भनाई थियो ।

एमालेले प्रदेश नंबर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको छ । त्यसका लागि पूर्वाधार विकासका योजना अघि सार्ने बताएको छ ।

एमालेले निर्माणाधिन बस पार्कलाई पहिलो प्रथामिकतामा राखेको छ भने सप्तरंगी पार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरीको डिजाईनमा विकास गर्ने योजना वनाएको छ ।

यस्तैगरी शिवजंट्टाको सौन्दर्यकरण त्यस्को बिकास र विस्तार, बिष्णुपादुका, कोका खोलामा ड्याम र त्यहाँ बोटिङलगायतको प्रोजेक्ट छ त्यसलाई सम्पन्न गर्ने एमालेले योजना ल्याएको छ ।सुरु गरिएको औधोगिक ग्राम त्यसलाई पूरा गर्ने छ ।

व्यवस्थित आधुनिक सहरको नमुनाको रुपमा बनाउनु पर्ने आधारभूत कुराको व्यवस्थापन गर्ने जनाएको छ ।

यस्तै ४ नम्बर वडामा मनमोहन पार्क सुरु गरेको र त्यसलाई पुरा गरि ग्रामिण पर्यटनलाई सुदृढ गर्ने उल्लेख गरेको छ । तारे भीरमा रक क्लाइमिङको डिपीआर तयार गरिसकेको र निकट समयमै रक क्लाइमिङ संचालन गर्ने योजना ल्याएको छ ।

धरानमा केबलकार सञ्चालनको पनि योजना ल्याएको छ । धरानमा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको आदीबासी जनजाति संग्राहलयलाई पुरा गर्ने, ठूला प्रोजेक्टहरुलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको छ । ‘नगरपालिकाको आफनो लगानीले मात्र सम्भव छैन ।

हामी सामुहिक निजी साझेदारीको माध्यमबाट यी कामहरु पुरा भईसके पछि धरानको दिर्घकालिन आर्थिक आधार बन्छ । यसमा फोकस भएर हामी जान्छौ ।’–सुवेदीले भन्नु भयो ।

ड्रिम प्रोजेक्टहरुलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधारहरुलगायतको काम गरेर जाने योजना रहेको उहाँले बताउनु भयो ।

चुनावी सभा २४ वैशाखमा केपी ओलीले सम्वोधन गर्ने

यहि बैशाख २४ गते भानुचौकमा दिउसो १२ बजेबाट धरानको भानुचोकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी सभा गर्ने भएको छ ।

प्रदेश १ लाई नै सन्देश दिने गरि चुनावलाई फोकस गरी पार्टी अध्यक्ष ओलीको उपस्थिति हुने पाटीले जनाएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic