किशोर राईः धरानको निर्वाचित वडाध्यक्षदेखि, बुढासुब्बा गोल्डकपबाट धरान चिनाउनेसम्म एन्फाको केन्द्रिय उपाध्यक्ष र धरान कांग्रेसको खम्बा

  • वैशाख २३, २०७९
  • ५१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ वैशाख ः यही वैशाख ३० गते मतदान हुने स्थानिय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन ।नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई संघर्षशिल, स्पष्टवक्ताका रुपमा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु संग परिचित छन र मेयरको र्हैसियतमा समाधनका क्षमता पनि राख्छन ।

राजनीतिक यात्रा बारे संक्षीप्त चर्चा

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म आमा लक्ष्मी राई र पिता पृथ्वी बहादुर राईको कोखबाट २०२४ साल चैत्र १७ गते बोराबाध, मोरंगमा भएको हो ।

उनले आइएसम्मको अध्ययन गरेका छन । आमा लक्ष्मी धरानमा छापाखाना व्यवसय र सामाजिक सेवमा सकृय रहेकीले उनी आमासंग धरानमै बाल्यकाल देखी हुर्किएका हुन । फुटबलको राष्ट्रिय खेलाडीको रुपमा सकृय रहँदा रहँदै २०४७ साल देखी उनको सकृय राजनीतिक जीवन धरानमा नेपाली कांग्रेस लाई शसक्त बनाउने उदेश्यबाट सुरु भएको हो ।

फुटबलका अब्बल खेलाडी राई २०५१ सालमा नेपाली कांग्रेस धरान वडा नम्बर १२ को बुथ सभापति भएका थिए । २०५४ सालको स्थानिय निर्बाचनमा धरान वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भए । २०५५ सालमा कांग्रेस धरानको नगर सचिब भएका राई २०५८ सालमा नेपालि कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भए । उनले २०६२÷०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका थिए ।

२०६६ साल देखि २०७२ साल सम्म नेपालि कांग्रेस धरानको नगर सभापति रहेका उनि २० वर्ष सम्म धरान नगरपालिका जनप्रतिनिधि विहीन रहँदा सर्वदलिय संयन्त्र रहँदा धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरु निर्णायक पार्टी नेताका रुपमा परिचित छन । राजनीतिक संयन्त्रको प्रमुख हुदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपुर्ण भूमिका निर्बाह गरेका थिए ।

सानै उमेरदेखी फुटबलमा रुची राख्ने उनि किशोरवयमा टेक्दा टेक्दै राष्ट्रीय खेलाडी मात्र बनेनन नेपालमा फुटबलको सर्वोच्च संस्था एन्फाका केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भुमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । उक्त परियोजनाको परिणाम स्वरुप धरान–१७ मा एन्फा टेक्निकल सेन्टर स्थापना भएको हो । किशोर राईको पहलामा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीता प्रारम्भ गरेको हो । नेपालमा सबै भन्दा लामो समयदेखी निरन्तर आयोजना भैरहेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगीताको रुपमा बुढासुब्बा गोल्डकप फुटबल अहिलेसम्म पनि सञ्चालन हुँदै आएको छ । यो फुटबल प्रतियोगीता २३ वर्ष अघिदेखी शुरु भएको हो ।

उनले रास्ट्रीय खेलकुद परिसदका सदस्य धरानमा क्षेत्रीय रंगसालाको निर्माणको लागि भएको संघर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका सस्थापक अध्यक्ष, छिमेकी स्पोर्टिंग क्लबका पूर्व अध्यक्ष हुन । धरान लाई खेलकुदको केन्द्र बनाउन मिनि ब्राजिलको नारा दिएर उनि युवाहरु माझ लोकप्रिय बने । उनले विदेश भ्रमणबाट पनि विकासमा धेरै अनुभव बटुलेका छन। २०१४ मा विश्वकप फुटबलमा सहभागी हुन उनले ब्राजिलको भ्रमण गरेका छन। दक्षिण कोरिया, मलेसियामा भएको एसियन फुटबल स्वर्ण जयन्तीमा नेपालबाट प्रतिनिधित्व, सन २०१२ मा मलेसियामा भएको अन्डर १९ बिस्वकप छनौटमा नेपालबाट टिम म्यानेजर, हङकङमा भएको सुब्बा गोल्डकप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

धरानको विकासको बारेमा उनी अत्यन्तै उत्साहीत युवा नेताहरु मध्ये एक मानिन्छन् । उनको भनाईमा आफैले जग्गा दिएर बाटो बनाउने, आफैले ड्रेन, ढल बनाउन श्रम र पैसा लगानी गर्ने धरानका जनताको साथ पाए धरानलाई हंगकंगको दाजोमा पुर्याउन सकिने कुरामा कसैको दुइमत छैन । प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलन सबैभन्दा पहिले नेपाली कांग्रेसले गरेको थियो । त्यस्मा उनले निर्णायक भूमिका खेलेका थिए ।

धरान राजधानी नभएतापनि पूर्वाधारको विकासमा राजधानी बराबारको बनाउने प्रतिबद्धता उनको छ ।

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic