धरान २० लाई कृषि पकेट क्षेत्र बनाउने गठबन्धनका उमेद्वारको् प्रतिबद्धता

  • वैशाख २४, २०७९
  • १११ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२४ वैशाख ः लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वाहरुले धरान वडा नं. २० लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

धरान २० मा प्रचारात्मक अभियानमा पुगेका गठबन्धनका उमेद्वारहरुले त्यहाका सर्वसाधारणसमक्ष विष्णुपादुकालाई कृषि जोन बनाउने प्रतिबद्धता जनाएका हुन् ।

कृषि क्षेत्रको राम्रो सम्भावना बोकेको स्थान भएकोले यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता उनीहरुले जनाएका हुन ।

लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट मेयरका उमेद्वार किशोर राईले धरान २० विष्णुपादुकाले बेसार जोनको रुपमा विकास गर्ने योजना बनाए अनुरुप काम हुन नसकेको बताउदै अब यसलाई पूरा गर्ने काम आफूहरुको भएको वताए ।

उनले विष्णु पादुका पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएको ऐतिहासिक क्षेत्र भएको र यस क्षेत्रका अधिकांश सर्वसाधारण कृषिमा आश्रित रहेको उल्लेख गरेकाछन् ।

कृषकहरुले उत्पादन गरेको कृषि सामाग्रीको बजारीकरणसंगै कृषिमा आधुनिकरण गर्न गठबन्धन नेतृत्वतर्फबाट पहल कदमी गर्ने उल्लेख गरेका थिए ।

उनले यस क्षेत्रबाट उत्पादन भएका बेसार र अदुवा प्रचुरमात्रा नेपाल लगायत भारतका विभिन्न स्थानसम्म पुग्ने भएपनि कृषिकहरुले उचित भाउ गुनासो आउने गरेको सुनाउदै यसलाई कृषि जोन बनाएर धरानको एउटा गहना बनाउने योजना गठबन्धन नेतृत्वको भएको बताए ।

यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उमेद्वार आइन्द्रविक्रम बेघाले धरान २० विष्णुपादुका कृषि पकेट क्षेत्र नभई धार्मिक आस्थाको केन्द्र, पर्यटकीय गन्तव्यको राम्रो स्थलको रुपमा परिचय बनाउन सकिने बताए ।

यहाको पौराणिक महत्वको महिमा सुनेर नेपालबाटमात्र हैन भारतबाट समेत पितृको सम्झनामा पितृको सम्झनमा श्राद्ध गर्ने भीड लाग्ने गरेको बताए ।

उनले वृटिश लाहुरेहरुले आफ्नो पहिचान र इतिहासलाई जीवनन्ता राख्न माछामारामा पूर्व व्रिटिश सैनिकहरुले गोखा स्मृति पार्कको निर्माण गरेको बताउदै यसले समेत विष्णुपादुको विकासमा ठोस सहयोग पुग्ने बताए ।

उनले विष्णृपादुका कृषि जोन, धार्मिक स्थल र पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको स्थल भएको वताउदै यस क्षेत्रको विकासमा विगतमा नगरपालिकाको आखा नपुगेको उल्लेख गरेका थिए । अब यहाको सडक, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै कृषि जोन बनाउने योजनालाई आफूहरुले प्राथमिकतामा राखेर काम गर्ने कुरामा जोडदिएका थिए ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic