सुनाखरीमा कम्प्युटर साइन्स र होटल म्यानेजमेण्ट पढाई शुरु हुने

  • वैशाख २९, २०७९
  • १५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ वैशाख ः सुनाखरी एकेडेमी धरान–१२ ले वार्षिक परिक्षाको नतिाज र प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीले बुधबार एक कार्यक्रमका वीच कक्षा, स्कुल ‘टपर’ विद्यार्थीलाई पुरस्कृत समेत गरेको हो ।

अतिरिक्त कार्यक्रममा धरान कै उत्कृष्ट कलेजको रुपमा परिचित रहेको सुनाखरीले सप्ताहव्यापी खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा–९ सम्म उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने स्कुल टपरलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्ष जुनियरतर्फ उत्सव कार्की र सिनियरतर्फ नविया सारखाना स्कुल टपर बने ।उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि, अतिथि, प्रिन्सिपल इरेक्टरलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन धरान नगर कमिटीका अध्यक्ष भगत लिम्बू, डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, सहायक प्रिन्सिपल अशोक लिम्बू, अध्यापकहरु आनन सुब्बालगायत अभिभावकले समेत विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।

एनप्याब्सन धरान नगर कमिटीका अध्यक्ष भगत लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता डाइरेक्टर प्रदीप राईले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिम्बूले सुनाखरीले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको बताए ।

‘म सामाजिक सञ्जाल, मिडियातिर हेर्ने गर्छु, सुनाखरीले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि देखिएको छ’, उनले भने–यसले पनि पढाइको समाप्तीपछि विद्यार्थीले खेलकुद, कला, रङ्गमञ्च, गायन, नृत्यलगायत अन्य विधामा व्यवसायिक र जीविकोपार्जन, अर्थोपार्जनका निम्ति उपयोगी बन्न सक्छ ।’

कार्यक्रममा बोल्दै प्रिन्सिपल मिलनकुमार राईले पोहोरको सालदेखि प्लस टु म्यानेजमेण्ट शुरुवात गरेको र यस वर्षदेखि प्लस टु मा होटल म्यानेजमेण्ट र कम्प्युटर साइन्स प्लस गरेर अध्ययन अध्यापन थाल्ने बताए ।

उनले यस वर्ष अभिभावकको बाक्लो उपस्थितिमा कार्यक्रम गरिएको र अर्को वर्ष अभिभावक दिवस भव्यरुपमा मनाइने पनि जानकारी गराए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिवद्वय भोला श्रेष्ठ र तिर्थ कार्कीको समेत उपस्थिति थियो ।

सुनाखरीले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि स्थानीय, राष्ट्रिय साथै अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्दै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic