धरानमा ३ वटा वडाको मतपरिणाम सार्वजनिक २ वटा वडामा नेपाली कांग्रेस र १ वटामा नेकपा एमाले

  • जेठ १, २०७९
  • १,९९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १ जेठ ः धरान उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले आफ्नो विरासत कायम गरेको छ ।

नेपाली कांग्रेसले विगतमा जस्तै कांग्रेसको विरासत कायम गर्दै आफ्नो वडामा विजयको झण्डा फहराएको छ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नं १ को वडाअध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य विजयी भएका छन् । उनले ७सय ५७ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका रोशन अधिकारीले ७०३ मत पाएका छन् भने एमालेका उम्मेद्वार सुमन श्रेष्ठल १७७ मतमा चित्त वुझाएकाछन् ।

यस्तै, कांग्रेसबाट महिला सदस्यमा ८सय ८९ मत ल्याएर रहिसा कसजु विययी भइन् भने दलित महिला सदस्यमा रिता सुन्दास ८सय ६० मत ल्याएर विजयी भइन् ।

यस्तै, खुला सदस्यमा विनोद मानन्धर ७सय ८१ र उज्वल बास्तोला ६सय ९६ विजयी भएका छन् । वडा १ मा कुल मतसंख्या खसेको १९३२ खसेको थियो ।

त्यसैगरी वडा नंं २ मा नेकपा एमालेले कांग्रेसको विरासतलाई ढाल्दै आफ्नो लाल झण्डा फहराउन सफल वनेको छ । वडा नं. २ मा एमालेबाट वडाअध्यक्ष मा रमेश राई विजयी वनेकाछन् ।

वडाअध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने पराजित कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुले ६२७ मत पाएका छन् । यसैगरि, एमालेबाट विजयी समिर राईले ६६० मत पाएका छन् उनी नेकपा एमालेबाट विजयी वनेका हुन । उनका उनका प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत मात्र ल्याएका थिए ।

यस्तै, दलित महिला सदस्यमा बुनु शंकरले ६८० मत पाएर विजयी भइन् भने एमालेका उम्मेद्वारले ६५५ मत पाएका छन् । यस्तै, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठले ६८४ मत पाएर विजयी भइन् भने प्रतिद्धन्दी एमालेकी उम्मेद्वारले ६६७ मत पाइन् । कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी एमालेका उम्मेद्वारले ६२८ मत पाए ।

यता वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ ।

वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४१७ मतान्तरले पराजित गरेकाछन् । विजयी शाक्यले १०४२ मत पाए भने पराजित पाख्रिनले ६२५ मत पाए ।

यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १०४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत पाइन् । खुला सदस्य मनिष खड्गीले ११०६ मत प्राप्त गरी विजयी हात पारेका थिए भने मिङ्मा भोटेले ९९९ मत ल्याएर विजयी भए ।

वडा नं. १ यस अघि पनि कांग्रेस किल्ला मानिदै आएको छ भने वडा नं २ यस अघि नेपाली कांग्रेसको गड मानिन्थ्यो । यसपाली एमालेले वाजी मारेको छ । वडा नं. ३ मा भने एमालेको लालकिल्ला मानिन्थ्यो ।

एमालेको लालकिल्ला तोडदै गठवन्धनको तर्फबाट कांग्रेसले वाजी मारेको छ । वडा नं ३ मा नेपाली कांग्रेस र माओवादीको गठवन्धन रहेको थियो ।

हाल ४ ,५ र ६वडाको मतगणना जारी रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic