धरान १९ मा एमालेको प्यानलै विजयी

  • जेठ ५, २०७९
  • १,१८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ जेठ ः धरान वडा नं १९ मा नेकपा एमालेले वाजी मारेको छ । नेकपा एमालेले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसलाई पराजित गर्दै वाजी मारेको हो ।

एमालेको तर्फबाट वडाध्यक्षमा पुर्ण लिम्बुले ९२८ मत प्राप्त गरेर विजयी यात्रा अघि वढाए भने निकटतम प्रतिद्धन्दी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरेका थिए ।

अर्का वडाध्यक्षका उम्मेद्वार जनता समाजवादी पार्टीका सुमन चेम्जोङले १९६ मत प्राप्त गरेका छन् ।

निर्वाचित वडाअध्यक्ष लिम्वूले दोस्रो पटक पनि वाजी मारेका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि निवार्चित भएका थिए ।

यसैगरि, महिला सदस्यतर्फ एमालेकै झुमादेवी गुरुङ ९५३ मतका साथ निवार्चित भइन् भने दलित महिला सदस्यमा चन्द्रमाया बिक ९२७ मतका साथ निवार्चित भइन् । यस्तै, खुला सदस्यमा जसरथ थलङ ८९८ मत र लोकेन्द्र राई ८८७ मतका साथ निवार्चित भएका छन् ।

उप निर्वाचन २०७६मा एमाले भन्दा ५सय मतले कांग्रेस अघि भएको भएपनि अहिलेको निर्वाचनमा कांग्रेस पछि परेको हो ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic