महेन्द्र क्याम्पसमा एक दिने व्यापार मेला आयोजना हुने

  • जेठ १३, २०७९
  • ९,५१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ जेठ ः महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना गरीने भएको छ ।

नेपाल वैंक लिमिटेडको प्रायोजनमा आगामी जेठ १८ गते बुधबारका दिन ब्यापार प्रदर्शन मेला आयोजना गरीन लागेको हो ।

सो कार्यक्रममा साना तथा मझौला व्यवसायको उत्पादन प्रदर्शन तथा प्रचार,प्रसार गर्ने उद्देश्यले आयोजना गरीन लागेको कलेजले जनाएको छ ।

क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ आयोजना गर्न लागिएको मेलामा ५० वटा स्टल रहने छ ।

व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, साना तथा मझौला ब्यापार, स्थानीय ब्यापारी लगायतका ५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको विद्यार्थी युनेश भण्डारीले जानकारी दिए ।

मेला साना व्यापारीहरुका लागि राम्रो अवसरको रुपमा रहने आयोजकको दावी रहेको छ ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic