महेन्द्र क्याम्पसको व्यापार मेलाको तयारी पुरा नगरप्रमुख साम्पाङद्धारा उद्घाटन हुने

  • जेठ १७, २०७९
  • ४,५५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेठ ः महेन्द्र बहुमुखी क्याम्पस धरानमा आयोजना हुन लागेको व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ आयोजना गर्न लागिएको मेलामा ३१ वटा स्टल रहेकाछन् ।

व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, साना तथा मझौला ब्यापार, स्थानीय ब्यापारी लगायतका ५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको विद्यार्थी युनेश भण्डारीको भनाई रहेको छ ।

मेला साना व्यापारीहरुका लागि राम्रो अवसरको रुपमा रहने आयोजकको दावी रहेको छ ।

नेपाल वैंक लिमिटेडको प्रायोजन रहेको सो मेलामा करिव १० लाखको कारोवार हुने अनुमान रहेको भण्डारीको भनाई रहेको ।

भोली ( जेठ १८) गते बुधबारका दिन एक दिने ब्यापार प्रदर्शन मेला आयोजना गरीन लागेको हो । मेलामा धनकुटा, विराटनगर,दमक, सुकुना, इटहरी लगायका कलेजहरुबाट विद्याथीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

मेलामा नेपाल वैंक लिमिटेड,ज्योतिलाईफ इन्स्योरेन्स, जुजु धौ.(भक्तपुरको चर्चित दही) सिलाम साक्मा, नेवुला फुड प्रोडक्सन, चोमोलोङमा अचार उद्योग,नेवारी खानाका परिकारका स्टलहरुका साथै निःशुल्क स्वास्थ्य परिक्षणको आयोजना गरीने भएको छ ।

स्थानीय क्षेत्रमा रहेका साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन र प्रवद्धनका लागि सो मेलाको आयोजना गरीएको विद्यार्थी सुनिल वस्नेतको भनाई रहेको छ । सो मेला विद्यार्थीहरुको तर्फबाट आयोजना गरीएको यो नै पहिलो भएको आयोजकको दावी रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic