सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको चहल पहल शुरु

  • असार १०, २०७९
  • २१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठ ः सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहौल शुरु भएको छ ।

विहिवार सम्मको अन्तिम नविकरणको लागि तोकिएको समयमा २ हजार ९ सय ७४ जनाले नविकरण गरेको संघका महासचिव राजेश अग्रवालले जानकारी दिएका छने ।

उनका अनुसार वाणिज्यतर्फ १हजार ८ सय ५६ जनाले नविकरण गरेकाछन् भने उद्योगतर्फ १ हजार २ जनाले नविकरण गरेकाछन् । यस्तौ एसोसियट तर्फ ९८ र वस्तुगततर्फ १८ को नविकरण भएको छ ।

असार २० गते हुने निर्वाचनका लागि संघले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाताको नामावली प्रकाशन असार १० गते विहान १२ बजेसम्म रहेको छ ।

त्यसैगरी मतदाता नामावली उपर दाबी विरोध असार १० गते अपारान्ह १२ बजेदेखि ११ गते अपरान्ह ३ बजेसम्म, मतदाताको अन्तिम नामावली प्रकाशन असार ११ गते अपरान्ह ४ बजे, उमेद्वारको प्रथम नामावली प्रकाशन असार १२ गते अपरान्ह ३ः३० बजेसम्म, दाबी विरोधपछि नामावली प्रकाशन असार १३ गते अपरान्ह ४ बजे, उमेद्वारी फिर्ता असार १४ गते अपरान्ह ३ बजेसम्म, उमेद्वारको अन्तिम नामावली असार १४ गते ३ः३० बजेसम्म रहेको निर्वाचन अधिकृत डा राजेन्द्र शर्माले जानकरी दिएकाछन् ।

अध्यक्षका पदका लागि हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवाल आकांक्षीको रुपमा रहेकाछन् ।

प्रथम उपाध्यक्ष श्रेष्ठलाई नेकपा एमालेले समर्थन गरेको छ भने अर्का प्रत्याशी विजय श्रेष्ठलाई गठवन्धन दलको समर्थन रहेको छ । विजय श्रेष्ठ वतमान अध्यक्ष गिरीधारी सापकोटासंग पनि प्रतिष्पर्धा गरेर झिनो मतले पराजित वनेका थिए ।

गठवन्धन विरुद्ध एमाले एक्लै मैदानमा उत्रिएको छ । गठवन्धनका उम्मेद्वार एमालेका लागि निकै गारो हुने अनुमान रहेको छ । तर वन्धनमा रहेका दलहरुका लागि अन्य सदस्य चयनका लागि भने निकै सकसपूर्ण अवस्था रहेको छ । गठवन्धन दलहरुमा सदस्यको भागवण्डा मिलाउन नसके सदस्यका उम्मेद्वारहरु अर्को समूहमा जाने खतरा भने देखिएको छ ।

गठवन्धन दलहरुले सदस्यमा मिलाउन नकसेको अवस्थामा भने निर्वाचन परिणाम फरक हुने केही व्यापारीहरुको अनुमान रहेको छ ।

अर्का अध्यक्ष पदका आकांक्षी पवन कुमार अग्रवाललाई भने कुनै राजनीतिक दलहरुले समर्थन गरेका छैनन् । अग्रवालले भाई चेतना अग्रवाललाई पदाधिकारी वनाउनको लागि वार्गेनिङ गर्न आफ्नो उमेद्वारी घोषणा गरेको कतिपय व्पापारीहरुको भनाई रहेको छ । तर अग्रवालले भने आफ्नो उम्मेद्वारी अन्तिम समयसम्म रहने दावी गदैै आएकाछन् ।

अग्रवाल कुनै समय उद्योग वाणिज्य संघलाई समस्यपर्दा बचाउने हस्तिका रुपमा परिचित छन् । अग्रवाललाई कतिपय पूर्व अध्यक्षहरुले निर्वाचन नलडन सुझाव समेत दिएकाछन् ।

विजय श्रेष्ठलाई जिताउन पूर्व अध्यक्ष मोहनकाजी शाक्य, सरोज श्रेष्ठ खुलेर लागेकाछन भने सरोज श्रेष्ठ र मोहनकाजी अध्यक्ष रहँदा विजय श्रेष्ठ महासचिव रहेका थिए ।

सदस्यमा उमेद्वारी दिने तयारीमा को को छन् ?

सदस्य पदमा अधिकांश पुराना अनुहार नै आकांक्षी देखिएकाछन् । पुराना अनुहारहरुमा वर्तमान कार्यसमिति सदस्य वर्तमान महासचिव राजेश अग्रवाल कोषाध्यक्ष गोपाल श्रेष्ठ, वाणिज्य सचिव सीताराम आचार्य, उद्योग सचिव पियुष आचार्य, सदस्यहरु प्रभाव खतिवडा,दिनेश राई,काजी गिरी, रामस्वरुप शर्मा, अशोक डाँगा, नविन राजभण्डारी, दिनेश राई,पूर्व प्रचार विभाग प्रमुख उपेन्द्र चाम्लिङ लगायत पुराना धेरैले सदस्यमा उमेद्वारी दिने तयारी गरेकाछन् ।

नयाँ अनुहारमा भोला श्रेष्ठ,विवेक अग्रवाल, सन्दिप शाक्य, अमित अग्रहरी, मदन तोदी, विवेक अग्रवाल, महिला सदस्यमा सविता चाम्लिङलगायत यसपटक नयाँ अनुहार रहेकाछन् ।

संचारक्षेत्रबाट तीनजना उम्मेद्वार

संचार क्षेत्रबाट नेपाल पत्रकार महासंघ सुनसरीका वर्तमान सहसचिव भोला श्रेष्ठ, महासंघका पूर्व कोषाध्यक्ष उपेन्द्र चाम्लिङ र संचारकर्मी सविता राई सदस्य पदका आकांक्षी देखिएकाछन् ।

कस्तो वन्छ संघको कार्यसमिति ?

सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान १ जना, प्रथम उपाध्यक्ष एकजना, द्वितीय उपाध्यक्ष एकजना, कोषाध्यक्ष एकजना, महासचिव एकजना, उद्योग सचिव एक जना, वाणिज्य सचिव एक जना, प्रचारप्रसार सचिव एक जना लगायत २५ जना रहने व्यवस्था छ ।

निर्वाचन हुँदा अध्यक्ष एकजनाको, ८ जनाको वाणिज्यतर्फबाट खुल्ला र एक जना महिला, चार जना उद्योगमा खुल्ला र एक महिला, एसोसिएटमा ६१ जना सदस्य संख्या भएमा ३ जना र त्यसभन्दा माथि जति भए पनि ३ जना नै रहने व्यवस्था छ ।

वस्तुगतमा १५ देखि माथि भएमा २ जना रहने व्यवस्था छ । जसमा एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । ४ जना कार्यसमितिको वैठकबाट मनोनयन हुने व्यवस्था रहेको छ । संघको कार्यसमिति २५ जना रहने प्रावधान रहेको छ । अध्यक्ष र बाँकी सबै सदस्यको निर्वाचन हुने र पछि कार्यसमितिले पद निर्धारण गर्ने प्रावधान रहेको छ ।

पुरानो संघको रुपमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा सधै धरान केन्द्रीत रहने गरेको छ । संघमा ८० प्रतिशत धरानका उद्योगी व्यापारी छन भने २० प्रतिशत मात्र धरान भन्दा वाहिरका उद्योगी व्यापारी सदस्य रहेकाछन् । अहिलेसम्म संघको नेतृत्वमा धरान भन्दा वाहिरका उद्योगी व्यापारीहरुले दावी गरेका छैनन् ।

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic