सुनसरी उद्योग वाणिज्य संघको मतदान सम्पन्न अध्यक्षमा तीन जनाको भिडन्त

  • असार २०, २०७९
  • ३,४८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० जेठ ः सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

संघको कार्यालय धरान १ स्थित सभाहलमा विहान ८ वजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण भएको हो ।

संघमा २ हजार ९नौ सय ७४ जना मतदाता रहेकोमा २२७८ मत खसेको थियो । प्रमुख निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १४ सय, उद्योग ७ सय ८२, वस्तुगत १९ गरी जम्मा २२७८ जनाले मतदान गरेकाछन् ।

संघको एक जना अध्यक्ष, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भएको हो ।

आयोगका अनुसार अध्यक्ष पदमा ३ जना उम्मेद्वार रहेका छन् । जसमा लोकतान्त्रिक गठबन्धनबाट विजय श्रेष्ठ उम्मेद्वार छन् भने बामगठबन्धनबाट शिवराज श्रेष्ठ उम्मेद्वार भएकाछन् ।

विजय श्रेष्ठ यसअघि पनि अध्यक्षका उम्मेद्वार थिए, र वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतले पराजित भएका थिए । वामगठवन्धनका उम्मेद्वार शिवराज श्रेष्ठ वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए ।

यसैगरि, अध्यक्ष पदमा संघका पुर्वअध्यक्ष पवन अग्रवालले पनि उम्मेद्वारी दिएका छन् । विजय श्रेष्ठ र शिवराज श्रेष्ठले आ आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । अग्रवालको भने प्यानल छैन । उनी स्तवन्त्र रुपमा मैदानमा उत्रिएकाछन् ।

संघको ८ जना वाणिज्य सदस्य पदको लागि २१ जना उम्मेद्वार छन् भने ४ जना उद्योग सदस्यमा ६ जना, २ जना वस्तुगत सदस्यको लागि ५ जना र १ जना महिला वाणिज्य सदस्य पदमा २ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसअघि एशोसिएटतर्फ ३ जना र उद्योग महिला सदस्यतर्फ १ जना निर्वोरोध निवार्चित भइसकेका छन् ।

निर्वाचन शान्ति र उत्साह जनक भयो र भोली वाहिन ७ः३० वजेदेखि मतगणना शुरु गर्ने तयारी रहेको निर्वाचन प्रमुख राजेन्द्र शर्माले जानकारी दिनुभएको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic