सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित

  • असार २२, २०७९
  • ३,६८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असार ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठले भारी मतका साथ जीत हासिल गरेकाछन् ।

श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत पाएका थिए । अध्यक्षका उम्मेद्वार पूर्व अध्यक्ष पवन अग्रवालले भने ३३३ मतमा चित्त वुझाउनु परेको थियो ।

त्यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए ।

यता उद्योग सदस्यतर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि चन्द्रप्रसाद बजगाईँले २८४, भोला श्रेष्ठले ४१५ मत प्राप्त गरेका थिए ।

वाणिज्य तर्फको ८ निर्वाचित हुनेमा नवीन राजभण्डारीले ६७५, उपेन्द्र चाम्लिङले ६२२, किसान मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, मनोजकुमार अग्रवाल तोदीले ६१९, राजेश अग्रवालले ६४४, शैलेशकुमार आचार्य (प्रमोद)ले ६५१ र शशि शाहले ६७१ मत प्राप्त गरेर विजयी भएका छन् ।

यता अमित अग्रहरीले ५९०, काजी गिरीले ४१८, दिनेश राईले ४८१, नवीन लिम्बुले ४४७, विवेक अग्रवालले ६१५, रविकुमार राईले ५१६, राजेश श्रेष्ठले ५७९, विश्वराम कार्कीले २१० र सिताराम आचार्यले ५५९ मत ल्याउन सफल वनेका थिए ।

उता वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४०७ मत प्राप्त गर्न सफल वनेकी गरेकी थिइन् ।

एसोसियट तर्फभने गोपाल श्रेष्ठ,राजु शाह र अशोक जैन यस अघि नै निर्विरोध निर्वाचित भइसकेकाछन् ।
भने उद्योग महिला सदस्यमा स्तुती श्रेष्ठ निर्विरोध निर्वाचित वनेकी थिइन ।

संघमा इतिहास रच्दै विजय श्रेष्ठ

सुनसरी उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म निर्वाचित वनेका अध्यक्षहरु यतिको फराकिलो मतान्तरमा चुनाव कसैले नजितेको पूर्व अध्यक्षहरुको भनाई रहेको छ ।

यस अघि गिरीधारी सापकोटाले विजय श्रेष्ठलाई ७८ मतान्तरले पराजित गरेका थिए । सो मत नै यस अघिको फराकिलो अन्तर मानिएको थियो । यसपाली भने विजय श्रेष्ठले सो रेकट व्रेक गर्दै ५८९ मतान्तरले विजय हासिल गर्दै इतिहास निर्माण गरेकाछन् ।

२०२० सालमा स्थापना हुदा तदर्थ समितिको संयोजक सुर्यप्रसाद उपाध्याय रहेका थिए भने उनी नगर पंचायतको नगरप्रमुख भएपछि भने संघ छाडेका थिए ।

संघको हालसम्मका अध्यक्षहरु

संघमा लक्ष्मीनिवास मारु,शहरमान श्रेष्ठ, मेघराज शर्मा,सानुकाजी श्रेष्ठ, कृष्णराज मास्के, गणपतलाल अग्रवाल, रमेश कुमार श्रेष्ठ, गोपाल प्रसाद श्रेष्ठ,गौरीशंकर अग्रवाल, रमेश नेपाली, खचान्चीदास अग्रवाल, विजयकुमार डागा अध्यक्ष रहेकाछन् ।

त्यसैगरी खगेन्द्र श्रेष्ठ, पवन कुमार अग्रवाल,अशोक ताम्राकार,मोहनकाजी शाक्य, सरोज श्रेष्ठ, राजेन्द्र साह, गिरीधारी सापकोटा, र भरखरै निर्वाचित विजय श्रेष्ठ रहेकाछन् ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic