एस.ई.ई.स्पिकरको फाईनलमा १० प्रबेश

  • असार २२, २०७९
  • २,४३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असार ः ¥याडिकल लाईट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई.स्पिकर –२०७९,सिजन –२ को दोश्रो चरण मा १० जना छनौट भएकाछन् ।

धरान–१३ स्थित सभाहलमा मङ्गलबार आयोजित प्रतियोगीतामा १० जना फाइनल प्रवेश गरेका हुन ।

दोश्रो चरणमा सहभागि १६ मध्ये १० जना फाईनलमा प्रबेश गरेका हुन।

फाईनलमा प्रबेस गर्नेहरुमा आदर्स मा.बि.चतरा कि प्रज्ञा न्यौपाने, हिमालयन बोर्डिङ चतरा कि एङ्लिसा थापा, कोशि बोर्डिङ धरानका आबेग श्रेष्ठ, कोशि बोर्डिङ धरान कि एशिका कार्की, हिमालयन बोर्डिङ चतराकि रबिना तामाङ रहेका छन।

त्यस्तै अन्य फाईनलमा प्रबेस गर्नेहरुमा जन सहयोग मा.बि.तरहरा कि एल्जिना खाति,भरोल बाल मन्दिर सेकेण्डरी स्कुलका दिमन गिरि,शिक्षा सन्देस बोर्डिङ पानमाराका रज्निस न्यौपाने,हिबिस्कस इङ्लिस बोर्डिङ धरानकि सिसम गुरुङ र बिष्णु मेमोरियल बोर्डिङ धरानकि प्रतिष्ठा श्रेष्ठ रहेका छन।

प्रतियोगीहरुले दुई वटा शिर्षक लागु औषध दुर्ब्यसन न्युनिकरणमा बिद्यार्थीको भुमिका र सामाजिक सन्जालको दुरुपयोगले बिद्यार्थीमा पारेको असर मध्ये कुनै एउटामा बोलेका थिए।प्रतियोगीताका निर्णायकहरुमा महेन्द्र बहुमुखि क्याम्पसका उप( प्राध्यापक एबम कोशि पत्र दैनिकका सम्पादक राजेस बिद्रोहि र यु.एन.कलेजका अध्यापक बिजय आछामि रहेका थिए।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीलाई खाली समयको सदुपयोग गर्दै ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उदेस्यले प्रतियोगीताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुनेहरुलाई क्रमश २० हजार , १५हजार,१० हजार र ५ हजार नगद सहित प्लस टु अध्ययनका लागि शत प्रतिशत र ५०५ छात्रबृत्ति प्रदान गरिने कार्कीले जानकारी दिए।

कार्यक्रममा धरान उप(महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्ले र १४ का वडा अध्यक्ष कृष्ण भट्टराईको उपस्थिति रहेको थियो।फाईनल आगामि असार(२७ गते सोमबार हुने आयोजकले जनाएको छ।कार्यक्रमको सन्चालन कोरियोग्राफर तथा मोडल मेरिना तुम्साले गरेकि थिइन।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic