प्राइम भिजन र जाइण्ट बाईक वीच सम्झौता

  • असार २५, २०७९
  • ६,३०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असार ः वातावरण संंरक्षण र बढ्दो इन्धन खपतलाई न्युनिकरण गर्ने उदस्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरान बीच दैनिक रुपमा साइकलको प्रयोग गर्न बिद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको छ ।

धरानका मेयर हर्क साम्पाङ्ग (राई)को उपस्थितिमा भएको उक्त सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सी.इ. ओ.अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

कलेजका निर्देशक अनिल श्रेष्ठले प्राइम भिजनमा अध्यनरत बिद्यार्थीलाई साइकल खरिद र प्रयोगमा प्रोत्साहन स्वरुप कलेज र जाइण्ट बाइकको तर्फबाट नगद छुट र वार्षिक रुपमा मर्मतहरुमा बिशेष छुटको व्यवस्था रहेको जानकारी दिएका थिए ।

सम्झौतामा हस्ताक्षर पश्चात कलेजका सी. इ. ओ. अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका धरान डिलर कृष्ण केसीले यो अभियानले बिद्यार्थीहरुलाई स्वास्थ्य र वातावरणलाई सुन्दर बनाउन सहयोग पुग्ने दावी गरेका थिए ।

उनीहरुले सम्पूर्ण बिद्यार्थीहरुलाई अभियानमा साथ दिन र साइकल प्रयोग गर्न समेत आग्रह गरेका थिए ।

त्यसैगरी मेयर साम्पाङ्गले आह्वान गरेको ५ सय वृक्षारोपण अभियान अन्तर्गत शनिबार धरान १४ स्थित विजयपुर पञ्कन्या मन्दिर परिसरमा भएको वृक्षारोपण कार्यक्रममा प्राइम भिजनका बिद्यार्थी तथा शिक्षकहरु र अन्य धराने जनताको उपस्थितिमा कलेज द्वारा २ थान फोहोर फाल्ने डसबिन मेयर साम्पाङ्गलाई समेत हस्तान्तरण गरेका थिए ।

गत बैशाखमा धरानमा सम्पन्न इष्ट टुरीजम मार्ट २०२२ का बेला बिद्यार्थीले विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरि उठाएको रकमबाट धरानको वातावरणलाई सम्रक्षण गर्न टेवा पुगोस भन्ने हेतुले फोहोर फाल्ने दसबिन खरिद गरि मेयर साम्पाङ्गलाई हस्तान्तरण गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।

सो डसबिनलाई पन्चकन्या मन्दिर र बुढासुब्बा मन्दिर परिसरमा राख्नलाई मेयर साम्पाङ्गले अनुरोध समेत गरेका थिए ।

पछिल्लो समय होटल मेनेजमेन्टको क्षेत्रमा प्राइम भिजन कलेजले विद्यार्थीहरु माझ निकै राम्रो प्रभाव पारेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic