प्राइम भिजन र जाइण्ट बाईक वीच सम्झौता

  • असार २५, २०७९
  • ६,३२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असार ः वातावरण संंरक्षण र बढ्दो इन्धन खपतलाई न्युनिकरण गर्ने उदस्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरान बीच दैनिक रुपमा साइकलको प्रयोग गर्न बिद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको छ ।

धरानका मेयर हर्क साम्पाङ्ग (राई)को उपस्थितिमा भएको उक्त सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सी.इ. ओ.अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

कलेजका निर्देशक अनिल श्रेष्ठले प्राइम भिजनमा अध्यनरत बिद्यार्थीलाई साइकल खरिद र प्रयोगमा प्रोत्साहन स्वरुप कलेज र जाइण्ट बाइकको तर्फबाट नगद छुट र वार्षिक रुपमा मर्मतहरुमा बिशेष छुटको व्यवस्था रहेको जानकारी दिएका थिए ।

सम्झौतामा हस्ताक्षर पश्चात कलेजका सी. इ. ओ. अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका धरान डिलर कृष्ण केसीले यो अभियानले बिद्यार्थीहरुलाई स्वास्थ्य र वातावरणलाई सुन्दर बनाउन सहयोग पुग्ने दावी गरेका थिए ।

उनीहरुले सम्पूर्ण बिद्यार्थीहरुलाई अभियानमा साथ दिन र साइकल प्रयोग गर्न समेत आग्रह गरेका थिए ।

त्यसैगरी मेयर साम्पाङ्गले आह्वान गरेको ५ सय वृक्षारोपण अभियान अन्तर्गत शनिबार धरान १४ स्थित विजयपुर पञ्कन्या मन्दिर परिसरमा भएको वृक्षारोपण कार्यक्रममा प्राइम भिजनका बिद्यार्थी तथा शिक्षकहरु र अन्य धराने जनताको उपस्थितिमा कलेज द्वारा २ थान फोहोर फाल्ने डसबिन मेयर साम्पाङ्गलाई समेत हस्तान्तरण गरेका थिए ।

गत बैशाखमा धरानमा सम्पन्न इष्ट टुरीजम मार्ट २०२२ का बेला बिद्यार्थीले विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरि उठाएको रकमबाट धरानको वातावरणलाई सम्रक्षण गर्न टेवा पुगोस भन्ने हेतुले फोहोर फाल्ने दसबिन खरिद गरि मेयर साम्पाङ्गलाई हस्तान्तरण गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।

सो डसबिनलाई पन्चकन्या मन्दिर र बुढासुब्बा मन्दिर परिसरमा राख्नलाई मेयर साम्पाङ्गले अनुरोध समेत गरेका थिए ।

पछिल्लो समय होटल मेनेजमेन्टको क्षेत्रमा प्राइम भिजन कलेजले विद्यार्थीहरु माझ निकै राम्रो प्रभाव पारेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic