सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी वाणिज्य सचिवमा धेरै जनाको दावी

  • असार ३२, २०७९
  • ४,५३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ असार ः सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको छ ।

वैशाख ३० गते पदस्थापना भएसंगै पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको हो ।

प्रथम उपाध्यक्षका लागि गोपाल श्रेष्ठ र द्धितीय उपाध्यक्षमा रामस्वरुप शर्माको नाम करिव आन्तरीक रुपमा सहमति भएको हो ।

श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन भने शर्मा तीन कार्यकालको कोषाध्यक्ष समेत हुन ।

महासचिवमा महेन्द्र प्रधानको नाम चर्चामा रहेको छ । प्रधान राजेन्द्र साह अध्यक्ष भएको समयमा उद्योग सचिव रहेका थिए भने कार्यसमितिमा नियमित रहदै आएकाछन् । प्रशासनिक क्षमता रहेका प्रधानलाई महासचिव वनाउदा अध्यक्षलाई थप सजिलो हुने अनुमान रहेको छ ।

संघमा लामो समय काम गरेको र अनुभवी समेत रहेकोले उनलाई महासचिव वनाउन अध्यक्षको समेत भूमिका रहेको छ । अध्यक्ष विजय श्रेष्ठले समेत उनलाई महासचिव वनाउने कुरामा चासो देखाएको स्रोतको भनाई रहेको छ ।
महासचिवमा प्रधानको वाहेकको अरुको दावी नरहेको वुझीएको छ ।

उद्योग सचिवमा पियुष आचार्यको नाममा आन्तरीक सहमति भएको स्रोतको भनाई रहेको छ ।चुनाव अघि नै महासचिवका लागी चर्चामा आएका विष्णु वरालको पनि उद्योग सचिवमा दावी रहेको छ ।

कोषाध्यक्षमा प्रभाव खतिवडाको नाममा आन्तरकि सहमति भएको वुझीएको छ । उनलाई कोषाध्यक्ष वनाउन अध्यक्ष विजय श्रेष्ठ समेत इच्छुक रहेकाछन् । यद्यपी जय प्रकाश शर्माले पनि आफ्नो इच्छा राखेको वुझीएको छ । तर शर्मालाई वाणिज्य तर्फ लैजाने तयारी थालिएको वुझीएको छ ।

वाणिज्य सचिवमा उपेन्द्र चाम्लिङ,किसन मास्के,नविन राजभण्डारी,जयप्रकाश शर्मा, शशी साह,अशोक जैनको दावी रहेको छ । वाणिज्य सचिवमा मास्के,शर्मा र जैन मध्येबाट हुने वुझीएको छ ।

उपेन्द्र चाम्लिङलाई प्रचार तथा संगठन प्रमुखको जिम्मेवारी दिनेगरी छलफल भएको वुझीएको छ ।यस अघिका महासचिव राजेश अग्रवाललाई भने कुनै पदीय जिम्मेवारी प्राप्त नहुने वुझीएको छ । भने नविन राजभण्डारीलाई पनि कुनै पदीय जिम्मेवारी प्राप्त नहुने वताईको छ ।

प्रथम उपाध्यक्ष,महासचिव दुवै एकै समुदायबाट हुने भएकोले वाणिज्यमा भने समावेशी वनाउनु पर्ने हुदा जयप्रकाश,शशी शाह र अशोक जैन मध्ये एकजनाको वलियो संभावना रहेका वुझीएको छ ।

सोमवार वस्ने कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन हुनेछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic