प्रचण्ड–बाबुरामवीच भेटवार्ता नेकपा समाजवादी केन्द्र वनाउन प्रचण्डको प्रस्ताव

  • साउन ५, २०७९
  • २८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ साउन ः पार्टी कार्वाहीमा परेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटघाट भएको छ ।

भेटमा प्रचण्डले वावुरामलाई एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको वुझीएको छ ।

ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको स्रोतको भनाई रहेको छ ।

भेटमा प्रचण्डले वावुरामलाई पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्छ कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहितको एकताको वातावरण बन्ने प्रस्ताव गरेको वताइएको छ ।

सो विषयमा भट्टराईले छलफल गरेर अगाडि बढ्न सकिने प्रतिक्रिया दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएकाछन् ।

संघीय परिषद अध्यक्ष पदबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले वावुरामलाई हटाएर अशोक राईलाई संघीय परिषद अध्यक्ष वनाएकाछन् । केही नेताहरु लिएर वावुराम जसपाबाट केही दिन अघि अलग भएकाछन् । त्यसयता भट्टराई नया पार्टी खोल्ने या अरुको पाटीमा जाने भन्ने विषयमा छलफलमा व्यस्त रहेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic