हिविसकसकी खुशीको भविष्यमा डाक्टर वन्ने लक्ष्य

  • साउन ९, २०७९
  • १४,५५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ साउन ः विद्यालयमा पाइला टेकेदेखि नै खुशी राईले दोस्रो हुन जानेकी छैनन् । कक्षमा प्रथम हुनु त उनको लागि स्वभाविक नै भइसकेको छ । धरान–१५ स्थित हिविसकस वोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत खुशी प्रथम विद्यार्थी हुन ।

हुने विरुवाको चिल्लो पात भने झै नत उनलाई अभिभावकले ले नै घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पर्छ ।उनी विद्यालयबाट आउना साथ विद्यालयको गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो ।उनी आफु मात्र हैन वहिनी उनी आफु मात्र हैन वहिनी अन्जलीलाई पनि गृहकार्य (होमवर्क) गर्नमा सहयोग गर्छिन । उनकी वहिनी अन्जली कक्षा ३ मा पढछिन ।

पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी हुनु खुशीको सौख नै वनिसकेको छ । उनी सहभागी हुनु मात्र हैन प्रतियोगिताहरुमा विजेता नै हुने गरेकीछिन् । विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगितामा उनी प्रथम नै बनेकीछिन् ।

khushi  rai photo

यसका अतिरीक्त उनी गीत कविता,निवन्ध लेख्न मन मराउछिन् ।खेलकुदमा पनि उनका रुचि कम छैन ।

उनी स्पिकिङ,रेस, व्याडमिन्टन खेलमा पनि उत्तिकै रुचि राख्ने गरेकीछिन् । ड्रोइङ तर्फपनि उनको रुचि कम छैन उनी घर र सराउण्डीङ लगायतका विषयमा पनि ड्रोइङ गर्न मन पराउछिन् ।खुशी पढेर भविष्यमा डाक्टर वन्ने लक्ष्य रहेको वताउछिन् ।

डाक्टर नै किन भन्ने प्रश्नमा उनी भन्छिन् – मेरो वजु क्यान्सरको विरामी हुनुहन्थ्यो उहाले मलाई पढेर डाक्टर हुनुपर्छ म जस्तै विरामीको सेवा गर्नुपर्छ भन्नुहुन्थ्यो त्यसैले मलाई पनि डाक्टर वनेर विरामीको सेवा गर्ने इच्छा लागेको हो ।

खुशीका वुवा मनकुमार राई सोलुमा भाडा पसल गरेर व्यापार गर्र्दै आउनु भएको छ भने आमा अन्जना राई धरान–१५ मा आफ्नै घरमा वसेर छोरीहरुलाई वढाउदै आउनु भएको छ ।

आफुले छोरीलाई कहिल्यै गृहकार्य गर्नको लागि दवाव दिनु नपरेको र अहिलेसम्मको पढाई हेदा भविष्यमा केही संभावना रहेको आफूले पाएको वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –मैले छोरीलाई कहिल्यै पनि किन होमवर्क नगरेको भनेर भन्नु परेको छैन् ।

खुशीका विषयमा विद्यालयका निर्देशक गंगाराम राई भन्नुहुन्छ – उनी हाम्रो विद्यालयमा नर्सरीमा प्रवेश गरेदेखि नै प्रथम हुदै आएकीछिन् ।

उनी अनुशासित र लगनशील विद्यार्थी हुन उनीवाट भविष्यमा विद्यालयले ठूलो अपेक्षा गरेको छ ।आजका वाल वालिका भनेका भोलीका भविष्यका कर्णधार हुन । आफ्ना छोरा छोरीहरुका लागि हरेक अभिभावक पनि सचेत र संवेदनशील हुनपर्नेमा निर्देशक राईको भनाई रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic