प्राईम भिजन कलेजले मनायो ५ औं वार्षिक उत्सव

  • साउन ९, २०७९
  • ४,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ साउन ः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै आएको सो कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा स्टुडेन्ट अफ द इयरबाट मेला राईलाई सम्मान गरीएको थियो भने हस्पिटालिटि साईनिगं स्टार एलिना राई घोषित भएकीथिइन ।

त्यस्तै बिद्यार्थीको छनौटबाट बेष्ट टिचर अफ द इयरको उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए ।

त्यस्तै वेष्ट ईम्प्लोई अफ द इयर रोस्मिता श्रेष्ठले पाएकि थिइन् ।कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षता तथा धरान उप महानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम वेघाको प्रमुख आतिथ्यतामा भएको उक्त उत्सवमा बिभिन्न बिधामा छनौट भएका बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

उक्त कार्यक्रममा कलेजले आफ्ना शेयर सदस्यलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सो कार्यक्रममा धरानको शैक्षिक अभियानमा प्राईम भिजन कलेजको महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई उच्च सम्मान गर्नु पर्ने प्रमुख अतिथि उप मेयर आईन्द्र बिक्रम वेघाले बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रशासकिय अधिकृत लोकमान श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका कोषाध्यक्ष प्रभात खतिवडा,धरान वडा नं १० का वडा अध्यक्ष विवेक राई हिविसकस वोडिङ स्कुलका निर्देशक गंगाराम राई लगायतको उपस्थिति रहेको थियो ।

होटलमेनेजमेन्टको क्षेत्रमा प्राइम भिजनले छिटो समयमा नै फड्को मार्न सफल वन्दै गइरहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic