ज्ञान निकेतनकी सिकिमाको भविष्यमा स्टाप नर्स वन्ने लक्ष्य

  • भदौ १३, २०७९
  • ९,४४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ साउन ः हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भन्ने नेपाली उखान जस्तै सिकिमा राईले विद्यालय प्रवेश गरेदेखि दोस्रो हुन जानेकी छैनन।

विद्यालयको समय वाहेक दैनिक ६ घण्टाको पढाई नै उनका लागि हरेक वर्ष कक्षामा प्रथम हुनको लागि पयाप्त समय वनेको छ ।

gyan  final

धरान–१० स्थित ज्ञान निकेतन इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत सिकिमा कक्षामा सधै प्रथम हुनेकी गरेकीछिन् ।

विद्यालयबाट आउना साथ गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो । पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी हुनु सिकिमा सौख नै वनिसकेको छ । उनी सहभागी हुनु मात्र हैन प्रतियोगिताहरुमा विजेता नै हुने गरेकीछिन् ।

विद्यालयले आयोजना गरेको ग्रुप डान्स प्रतियोगितामा उनी सहितको टीम प्रथम नै बनेको थियो ।
यसका अतिरीक्त उनी ड्रोइङ गर्नमा समय खर्च गर्ने गरेकी छिन् । खेलकुदमा पनि उनका रुचि कम छैन ।
उनी स्पिकिङ,रेस, व्याडमिन्टन खेलमा पनि उत्तिकै रुचि राख्ने गरेकीछिन् ।

ड्रोइङ तर्फपनि उनको रुचि कम छैन उनी घर र सराउण्डीङ लगायतका विषयमा पनि ड्रोइङ गर्न मन पराउछिन् ।सिकिमा पढेर भविष्यमा स्टाप नर्स वन्ने लक्ष्य रहेको वताउछिन् ।

डाक्टर नै किन भन्ने प्रश्नमा उनी भन्छिन् – विरामीको सेवा गर्नुपर्छ भनेर डाक्टर वन्ने लक्ष्य लिएको उनको भनाई रहेको छ । मलाई पनि स्टाप नर्स वनेर विरामीको सेवा गर्ने इच्छा लागेको हो । पूर्वको पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटार उनलाई मन पर्ने ठाँउ हो ।

सिकिमाका वुवा गजेन्द्र राई कारपेन्टरको काम गर्दै आउनु भएको छ भने आमा मन्जु राई धरान–१० मा  गृहीणिको रुपमा काम गर्नु हुन्छ ।

सिकिमाका विषयमा विद्यालयकि प्रिन्सिपल सन्ध्या सेन्चुरी भन्नुहुन्छ – उनी हाम्रो विद्यालयमा नर्सरीमा प्रवेश गरेदेखि नै प्रथम हुदै आएको अनुशासित र लगनशील मेहनति विद्यार्थी हुन ।

उहाका अनुसार उनीवाट भविष्यमा विद्यालयले ठूलो अपेक्षा गरेको छ । सिकिमाले विद्यालयको नाम उच्च वनाउने कुरामा विद्यालय सञ्चालकहरु विस्वस्त रहेको उहा वताउनु हुन्छ ।

आजका वाल वालिका भनेका भोलीका भविष्यका कर्णधार हुन । आफ्ना छोरा छोरीहरुका लागि हरेक अभिभावक पनि सचेत र संवेदनशील हुनपर्नेमा प्रिन्सिपल सेन्चुरीको भनाई रहेको छ ।

विद्यालयले पढाईका अतिरिक्त सरसफाई लगायत अन्य सामाजिक कार्यमा समेत सहभागी गराउने गरेको उहाले जानकारी दिनुभएको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic