सुनसरी क्षेत्र नं. १ बाट अशोक राईको नाम सिफारीस

  • भदौ १६, २०७९
  • ४,६११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भदौं ःजनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष अशोक राई सुनसरी क्षेन ं १ बाट प्रतिनिधि सभामा निर्वाचन लडने भएकाछन् ।

सुनसरी १ नम्बर निर्वाचन क्षेत्रीय समितिले प्रतिनिधि सभाको निर्वाचनका लागि राईको नाम सिफारीस गरेसँगै उनी निर्वाचन लडने भएका हुन् ।

जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम पहिलो नम्वरमा प्रस्ताव गरिएको छ ।

त्यसैगरी विकल्पमा दीपक मेयाङ्बो र भीम राईको नाम पनि प्रत्यक्षमा सुनसरी १ बाट प्रस्ताव गरिएको धरान उपमहानगर समितिका अध्यक्ष ताजुव लिम्वुले जानकारी दिएकाछन् ।

लिम्वुका अनुसार सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र (क) बाट प्रदेश सदस्यका लागि प्रत्यक्षतर्फ नगेन्द्र लिम्बू, सुमित्रा राई र कृष्ण लिम्बूको नाम प्रस्ताव गरिएको छ ।

त्यसैगरी समानुपातिकतर्फ दुर्गामाया लिम्बू, दीपक मेन्याङ्बो, भीम राई, नरेश विक, बलबहादुर मगर (क्षितिज) को नाम प्रस्ताव गरिएको छ ।

त्यसैगरी प्रदेश ख तर्फ बाट प्रत्यक्ष उम्मेदवारमा सन्देश राई, लिला राई, मोहन राई, प्रदीप कार्की, हेमराज याक्खाको नाम प्रस्ताव गरिएको छ ।

यता समानुपातिकतर्फ बिना पुमा राई, एेसा सुनुवार, शशीकुमार विक, बिपिन इवारम, तेन्जिङ शेर्पा, गोविन्दप्रसाद राई, मणि राई, सीता राईको नाम प्रस्ताव गरिएको छ ।

अशोक राईले यस अघि धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आफु यस क्षेत्रबाट निर्वाचन लडने संकेत गरेका थिए । देशभरमा पाँच दलीय गठबन्धन अगाडि बढिरहेको छ । सुनसरी क्षेत्र नं. १ बाट गठबन्धनका बाट उनलाई नै साझा उम्मेदवार बनाउने संभावना रहेको छ ।

धरानमा हेभिवेट उम्मेदवार उनी हुने भएकोले पनि धरानले यस पटक राज्यसत्तामा पहुच पु¥याउने नेतालाई निर्वाचित गराउने पार्टीको विश्वास रहेको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic