सिट बाँडफाँट कार्यदलको बैठक आज

  • भदौ २०, २०७९
  • १,६१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० भदौं ः सत्ता साझेदार दलहरुले गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज दिउसो वस्ने भएको छ ।

कार्यदलका सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठक दिउँसो १ बजे बस्न लागेको जानकारी दिएकाछन् ।

दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पु¥र्याउने गरी खाका ल्याउनका लागि गठवन्धन दलका शिर्ष नेताहरुले भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको हो ।

कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् ।

। कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म सिफारिस गर्न सकेको छैन ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट आनन्द शर्मा र हिमलाल पुरी सदस्य छन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic