प्रेस सेन्टर धरानद्वारा भाषणकला र नेतृत्व बिकास तालिम

  • भदौ २३, २०७९
  • १,८३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौं ः प्रेस सेन्टर नेपाल धरान उप–महानगर समितिीले धरानमा २ दिवसिय भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ ।

धरान–१९ स्थित किरातेश्वर मा.बि.को सभा हलमा भएको तालिममा कृति टेलिभिजनका कार्यक्रम निर्देसक मोहन श्रेष्ठ र सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले प्रशिक्षण दिएका थिए ।

in p[hoto 33

सहभागिहरुलाई पहिलो दिन प्रस्तुतिकरण कसरी गर्ने, दर्सक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको बिकास कसरी गर्ने आदिबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

त्यस्तै दोश्रो दिन सार्बजनिक भाषणकला के हो, भाषण कति प्रकारका हुन्छन, नेतृत्व के हो, नेतृत्व बिकास कसरी गर्ने , नेतृत्वमा हुनुपर्मे गुणहरु के के हुन आदि बारेमा सहभागिहरुलाई अभुमुखिकरण गराइएको प्रशिक्षक कार्कीले बताए।

तालिममा महेन्द्र बहुमुखी क्याम्पस, धरान सिटि कलेज, धरान मोडल कलेज, केन्द्रीय प्रबिधी क्याम्पस हात्तिसार लगायतका गरि ५० जना सहभागी भएको स्रेन्टरका नगर अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिएकाछन् ।

युवा बिद्यार्थीहरुको वाककला र नेतृत्व बिकास गर्ने उद्येस्यले तालिमको आयोजना गरिएको नगर सचिव सर्ण साम्बाहाम्फेले बताए।

सहभागिका तर्फबाट स्नेहा खरेल, समीक्षा थापा, सारिका झा लगायतले तालिमको अनुभव सुनाए।सेन्टरका धरान उप–महानगर अध्यक्ष बिनोद बिश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई प्रमुख अतिथी थिए।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष बिकास चाम्लिङ, सेन्टरका जिल्ला सह(सचिव दिल बहादुर राई, जिल्ला सदस्य भवानी चुडाल, यु।एन नबोदय कलेजका अध्यापक नाम्लिङ हाङ चेम्जोङ लगायतको उपस्थिती रहेको थियो।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic