सुनसरी क्षेत्र नं १ (क) मा युवराज शंकर समानुपातिकमा एकल उम्मेद्वार सिफारीस

  • भदौ २६, २०७९
  • ६,९०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२० भदौः आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फबाट युवराज शंकरको नाम दलित समुदायबाट एकल रुपमा सिफारीस भएको छ ।

युवा पुस्तामा परिचित र लोकप्रिय रहेका उनलाई पार्टीले दलित समुदायबाट एकल उम्मेद्वारको रुपमा सिफारीस गरेको हो ।

yubaraj sankar = 2

एकल नाम सिफारिस हुनुलाई राजनितिबृतमा अर्थपूर्ण रूपमा लिइन्छ।

स्वच्छ छविका शंकर यस अघि नेपाली काङ्ग्रेस धरान उपमहानगर कार्यसमिति सचिवको जिम्मेवारी कुसलता पूर्वक निर्वाह गरि धरानमा उपनिर्वाचनबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक मेयर जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका उनी पार्टीको १४ औं महाधिवेशनबाट दुइतिहाई भन्दा ज्यादा मत प्राप्त गरि सुनसरी क्षेत्र नं १ (क) तर्फको सचिवमा निर्वाचित भएका थिए हाल उनी पार्टी प्रवत्ताको समेत भुमिकामा छ्न ।

समाज र पार्टिमा लोकप्रिय उनि धरानको हरेक विषयमा प्रत्यक्ष सरोकार राख्छन।

विश्वकर्मा युवा समाज धरानका अध्यक्ष समेत रहेका उनी पेसाले सुनचादी व्यवसायी हुन । राजनीतिसंगै सामाजिक विभेद विरुद्धको आन्दोलनको समेत उनी अभियान्ता हुन् ।

समाजमा विद्यमान जातीय भेदभाव विरुद्धको आन्दोलनका समेत अगुवा हुन । जातिय विभेदकका कारण २०७२ सालमा पिण्डेश्वर मन्दीरमा सामुहित व्रतवन्धमा दलित समुदायलाई निषेध गर्दा उनले नै अगुवाई गरेर विभेदको अन्त्य गरेका थिए र हाल पनि उनी सक्रिय छ्न।

उनको नेतृत्वमा आन्दोलन पश्चात सामुहित व्रतवन्ध आज जुनसुकै समुदायको व्यक्तिले सामुहिक रुपमा गर्न सक्छ्न र उनी समावेसितालाइ संस्थागत गर्न आफै धरानको पुरानो धार्मिक संस्था पिण्डेश्वर बाबाधाम समितिमा दलित समुदायबाट पहिलो व्यक्ती कार्यकारी सदस्यमा निर्वाचित भए सङ्गै धार्मिक स्थलहरुमा समावेशीता कायम हुन थप बल पुगेको छ।

शान्त र मिलनसार स्वभावका उनी राजनीतिक क्षेत्रबाट मात्र समाजमा रहेका विकृति विसंगति र भ्रमहरुलाई चिर्दै समुन्नत समाज निर्माण गर्न सकिन्छ भन्ने उनको वुझाई रहेको छ । पार्टी र समाजले आफुलाइ प्रदेश सभा सदस्यको लागि योग्य ठान्नेमा उनी विस्वस्त रहेको कुरा बताउछ्न।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic