सुनसरी क्षेत्र नं १ (क) मा युवराज शंकर समानुपातिकमा एकल उम्मेद्वार सिफारीस

  • भदौ २६, २०७९
  • ६,९३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२० भदौः आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फबाट युवराज शंकरको नाम दलित समुदायबाट एकल रुपमा सिफारीस भएको छ ।

युवा पुस्तामा परिचित र लोकप्रिय रहेका उनलाई पार्टीले दलित समुदायबाट एकल उम्मेद्वारको रुपमा सिफारीस गरेको हो ।

yubaraj sankar = 2

एकल नाम सिफारिस हुनुलाई राजनितिबृतमा अर्थपूर्ण रूपमा लिइन्छ।

स्वच्छ छविका शंकर यस अघि नेपाली काङ्ग्रेस धरान उपमहानगर कार्यसमिति सचिवको जिम्मेवारी कुसलता पूर्वक निर्वाह गरि धरानमा उपनिर्वाचनबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक मेयर जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका उनी पार्टीको १४ औं महाधिवेशनबाट दुइतिहाई भन्दा ज्यादा मत प्राप्त गरि सुनसरी क्षेत्र नं १ (क) तर्फको सचिवमा निर्वाचित भएका थिए हाल उनी पार्टी प्रवत्ताको समेत भुमिकामा छ्न ।

समाज र पार्टिमा लोकप्रिय उनि धरानको हरेक विषयमा प्रत्यक्ष सरोकार राख्छन।

विश्वकर्मा युवा समाज धरानका अध्यक्ष समेत रहेका उनी पेसाले सुनचादी व्यवसायी हुन । राजनीतिसंगै सामाजिक विभेद विरुद्धको आन्दोलनको समेत उनी अभियान्ता हुन् ।

समाजमा विद्यमान जातीय भेदभाव विरुद्धको आन्दोलनका समेत अगुवा हुन । जातिय विभेदकका कारण २०७२ सालमा पिण्डेश्वर मन्दीरमा सामुहित व्रतवन्धमा दलित समुदायलाई निषेध गर्दा उनले नै अगुवाई गरेर विभेदको अन्त्य गरेका थिए र हाल पनि उनी सक्रिय छ्न।

उनको नेतृत्वमा आन्दोलन पश्चात सामुहित व्रतवन्ध आज जुनसुकै समुदायको व्यक्तिले सामुहिक रुपमा गर्न सक्छ्न र उनी समावेसितालाइ संस्थागत गर्न आफै धरानको पुरानो धार्मिक संस्था पिण्डेश्वर बाबाधाम समितिमा दलित समुदायबाट पहिलो व्यक्ती कार्यकारी सदस्यमा निर्वाचित भए सङ्गै धार्मिक स्थलहरुमा समावेशीता कायम हुन थप बल पुगेको छ।

शान्त र मिलनसार स्वभावका उनी राजनीतिक क्षेत्रबाट मात्र समाजमा रहेका विकृति विसंगति र भ्रमहरुलाई चिर्दै समुन्नत समाज निर्माण गर्न सकिन्छ भन्ने उनको वुझाई रहेको छ । पार्टी र समाजले आफुलाइ प्रदेश सभा सदस्यको लागि योग्य ठान्नेमा उनी विस्वस्त रहेको कुरा बताउछ्न।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic