माउण्ट हर्मनद्वारा पत्रकार महासघ सुनसरीलाई सहयोग

  • भदौ २९, २०७९
  • १३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौं ःमाउण्ट हर्मन एकेडेमि धरान–१८ स्थितले नेपाल पत्रकार महासंघ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

एकेडेमीले ५८ औ बाल दिवस तथा किड्स टाईम्स त्रैमासिक बुलेटिनको १३ औ बार्षिकोत्सबको अवसरमा महासङ्घ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो।

एकेडेमिका निर्देशक अनुप योन्जनले बिद्यालयमा आयोजित बाल दिवस कार्यक्रममा महासङ्घका सह–सचिव तिर्थ कार्कीलाई नगद १० हजार रुपैया हस्तान्तरण गरेका थिए ।

पत्रकार महासङ्घको भवन निर्माणका लागि थोरै भए पनि टेवा पुगोस भनेर आर्थिक सहयोग गरेको एकेडेमिका निर्देसक अनुप योन्जनले बताए।

बिद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी बिद्यार्थीको क्षमता अनुसार अन्य अतिरिक्त क्रीयाकलापमा बिद्यालयले जोड दिदै आएको एकेडेमिका प्रशाशक नवीन राईले बताए।

सरकारले २०७९ सालको बाल दिवसको नारा बालमैत्री समाजको आधार, जिम्मेवारी परिवार, उत्तरदायी सरकार तय गरेको छ।

नेपालले सन १९९० को सेप्टेम्बर १४ का दिन बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको दिनलाई नै बाल दिवसको रुपमा मनाउदै आएको छ।बाल दिवसको अवसरमा माउण्ट हर्मन एकेडेमिका बिद्यार्थीहरुले आकर्षक गीत, नृत्यका साथै नाटक प्रस्तुत गरे।

किड्स टाईम्स त्रैमासिक बुलेटिनको १३औ बार्षिकोत्सब

यसैबिच माउण्ट हर्मन एकेडेमिमा रहेको हर्मनिज किड्स क्लबद्वारा प्रकाशीत हुँदै आएको ूकिडस टाइम्स त्रैमासिक बुलेटिनको १३ औ बार्षिकोत्सब सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका सह(सचिब तिर्थ कार्की, एकेडेमिका निर्देसक अनुप योन्जन र प्रशाशक नवीन राईले सम्युक्त रुपमा पत्रीकाको नया अन्क ूबर्ष ११ अन्क ३१ू को बिमोचन गरेर बार्षिकोत्सबको उद्घाटन गरे।

कार्यक्रमका प्रमुख अतिथी कार्कीले बिद्यालय तहदेखी नै बिद्यार्थीलाई प्रयोगात्मक रुपमा पत्रकारीताको अभ्यास गराउन किड्स टाइम्स अत्यन्तै उपयोगी भएको बताए।बिद्यार्थीहरुले लेखेका समाचार, लेख, रचनाको लागि किड्स टाइम्स उचित मन्च भएको समेत कार्कीले बताए।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic