हर्क साम्पाङ समूहको स्वतन्त्र उम्मेद्वारी घोषणा

  • असोज ३, २०७९
  • ४,८८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोज ः स्वतन्त्रबाट धरानको नगर प्रमुख निर्वाचित वनेका हर्क साम्पाङ समूहले मंसिर ४ को निर्वाचनमा आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छ ।

सो समूहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेन नं १ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको हो ।

धरान १६ स्थित गणेशमान चोकमा आयोजित घोषणा सभाबाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको थियो ।

घोषित कार्यक्रम अनुसार प्रतिनिधिसभामा तर्क बहादुर मगर रहेकाछन् भने (क) बाट समिर तामाङ र (ख)बाट हेमचन्द्र राईले उम्मेद्वारी घोषणा गरेका थिए ।

उम्मेद्वार घोषण सभामा उनीहरुले सामुहिक रुपमा भ्रष्टचार नगर्ने प्रतिवद्धता जनाएका थिए ।उनीहरुले कार्यक्रम मार्फत ११ बुँदे संयुक्त घोषणा पत्र समेत सार्वजनिक गरेका थिए ।

घोषणा पत्रमा सुनसरी क्षेत्र नं १ मा खानेपानी तथा सिचाईको दीर्घकालिन समाधानका पहिलो प्राथमिकतामा .राखेकाछन् ।

त्यसैगरी गरिब तथा भुमिहिन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा, भुमी व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पुर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागु गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति नियम बनाउने घोषणा पत्रमा उल्लेख गरीएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयात प्रतिस्थापन तथा आत्मनिर्भरता, कृषिको लागी नीति निमाृण गरी कार्यान्वयन गर्ने पनि उनीहरुको प्रतिवद्धता रहेको छ ।

त्यस्तै, सुनसरी जिल्लाका सबै स्थानीय निकायहरु जोड्ने रिङरोडहरु मध्ये क्षेत्र नं १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका बाटोको स्तरउन्नती गर्ने, विष्णुपादुका बराहक्षेत्र धार्मिक पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तर उन्नती र निर्माण गर्ने, प्रत्यक्ष निवार्चित कार्यकारी प्रमुखको व्यवस्था गर्ने तथा सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था गर्ने गर्ने घोषणा पत्रमा उल्लेख गरेकाछन् ।

कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्त लिम्बु ,उपाध्यक्ष दिनेश राई,सचेत धराने समूहका प्रवक्ता राम लिम्बूले उम्मेदवारहरुलाई विजयको शुभकामना दिएका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic