धरानमा भोलीबाट यामाहाको महामेला शुरु हुने

  • असोज ५, २०७९
  • १७,९५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेला भोलीबाट शुरु हुने भएको छ ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा सात दिने महा एक्सचेन्ज शुरु हुन लागेको हो ।

नेपालीहरुको महान पर्व विजया दशमी दिपावलिको अवसरमामा ग्राहकहरुको रुचि र आवस्यकतालाई ध्यानमा
राखेर यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरीन लागेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।

असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा ७ हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,३० मिनेटमा नै सकिने गरी इजि फाइनान्सको सुविधा , हरेक वाइक खरीदमा ६ हजार पक्का उपहार, हरेक दिन खरीदकर्ताहरु मध्येबाट ३ जनालाई गोलाप्रथाद्धारा स्मार्ट टिभी प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

यमाहा महामेलामा यमाहाका पारखीका लागि एक अवसर भएकोले यो मौकावाट फाइदा लिनहुन पनि खतिवडाले आग्रह गरेकाछन् ।

उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक खतिवडाले आग्रह आग्रह गरेका छन् । उनका अनुसार पुराना वाइकहरुलाई प्रचलित वजार मुल्याङ्कन भन्दा ७ हजार वढी दिइने जानकारी समेत गराएकाछन् ।
यस मेलामा जुनसुकै कम्पनीका मोटरसाईकल र स्कटीहरु समेत एक्सचेन्ज गरीने सुविधा रहेको छ ।

मेलामा प्रवेश गर्नेहरु ग्राहकहरु मध्येबाट एकजना भाग्यशाली ग्राहकलाई आर्कषक पुरस्कार रहेको छ ।

गत वर्ष  धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री भएको र यसवर्ष पनि सोही अनुसार अपेक्षा गरीएको  खतिवडाको भनाई रहेको छ ।
यमाहाले हरेक वर्ष ग्राहकको सुविधालाई ध्यानमा राखी महामेलाको आयोजना गर्दै आएको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic