प्राइम भिजनका दुइ विद्यार्थीालाई स्टुडेण्ट एम्बेसेडर अवार्ड

  • असोज ६, २०७९
  • २४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका २ विद्यार्थीले ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्राप्त गर्न सफल भएकाछन् ।

प्राइम भिजनमा अध्ययनरत विद्यार्थी पेमदिकी तामाङ र सन्देश पाल्पाली ुस्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्राप्त गर्न सफल वनेका हुन् ।

विद्यार्थीको व्यक्तित्व, व्यवहार, शैक्षिक क्रियाकलाप, बौद्धिक क्षमता, भाषाशैली र विद्यालयको उपस्थितिका आधारमा उनीहरुलाई सम्मानित गरिएको हो ।

प्राइम भिजन कलेज अन्तर्राष्ट्रिय ख्याती प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज हो ।

विद्यार्थीले ुएलसीसीआई ग्लोबल क्वालिफिकेसन’ र ुएसक्यूए’ द्वारा प्रदान गरिने एसक्यूए एम्बेसेडर सर्टिफिकेट सहित नगद पुरस्कार, गिफ्ट भौचर, एलसीसीआई जीक्यू र एसक्यूए एम्बेसेडर लेभल पिन प्राप्त गरेका छन् ।

विद्यार्थीको क्षमता परीक्षणका आधारमा अवार्ड प्रदान गरिएको हो । सर्टिफाइइड सफ्ट स्किल ट्रेनर सुजिता बानिया, मेरिट होटल काठमाडौंका क्लस्टर डिरेक्टर रुपेश श्रेष्ठ र ब्रिटिश गोर्खा काउन्सिल नेपालका एच.आर. हेड. शिशिरकुमार पाण्डे निर्णायक रहेका थिए ।

प्राइम भिजनका पेमदिकी र सन्देशसँगै ईईकम बिर्तामोडकी रिया योङहाङ, केआईएचएम ललितपुरकी दिप्ती राई र आरआईसीएचएम चितवनका सन्जय परियारलाई समेत स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्रदान गरिएको थियो ।

हरेक वर्ष एलसीसीआई र एसक्यूए मातहतमा रहेका नेपालभरिका कलेजका विद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जनालाई स्टुडेन्ट एम्बेसेडर अवार्ड प्रदान गरिंदै आएको प्राइम भिजनका सिईओ अविशेक श्रेष्ठले जानकारी दिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic