धरान मोडल कलेजमा एकल नृत्य प्रतियोगिता सम्पन्न

  • असोज ९, २०७९
  • २,९६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ असोज ः धरान–१ स्थित धरान मोडल कलेजमा आयोजित एकल नृत्य प्रतियोगितामा अन्य प्रतिष्पधीलाई पछि पार्दै दृष्टि कुलुङ प्रथम स्थान हात पार्न भएकीछिन् ।

कलेजले आईतबार आयोजना गरेको एकल नृत्य प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रथम स्थान हासिल गर्न सफल वनेकी हुन ।

dharan model = 5

त्यसैगरी प्रतियोगितामा रेबिना दाहालले दोस्रो स्थान ल्याउन सफल वनेकी थिइन भने स्विकृती लिम्बुले तेस्रो स्थान ल्याएकि थिइन ।प्रतियोगितामा निका मोक्तान र सुरेस राई निर्णायक रहेका थिए।

सो प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागि भएको कलेजका बि.एस.डब्लु. को–अर्डिनेटर बिष्णु खनालले जानकारी दिएकाछन् ।

विजेताहरुलाई धरान मोडल एकेडेमिका अध्यक्ष डा.जीवन कुमार राई, क्याम्पस प्रमुख प्रबिन राई, कौशिकि क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिवद्धय भोला श्रेष्ठ, तिर्थ कार्की, संचारकर्मी शेखर जोगी लगायतले सहभागीहरुलाई प्रमाण–पत्र बितरण गरेका थिए ।

dharan model

प्रा.लि.का अध्यक्ष जीवन कुमार राईले मौलिक चाडवाडहरुले सम्पूर्ण नेपालीहरुलाई एकताको सुत्रमा वाध्नको लागि काम गरीरहेको वताएका थिए ।

कौसिकि क्याम्पस प्रमुख मोहन श्रेष्ठ त्यसैगरी कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठले चाडवाडहरुले गर्दा सवैमा सद्भाव र एकतामा वाध्न सकेको र अनेकताको अन्त्य गरेको वताए । क्याम्पस प्रमुख प्रबिन राई बिद्यार्थीका तर्फबाट स्वस्तिका तामाङ लगायतले दसैको शुभ कामना ब्यक्त गरेका थिए ।

विद्यार्थीहरुले लागू औषधबाट समाज आक्रान्त वन्दै गएकोले त्यसलाई न्युनिकरणको लागि अभिभावक र समाजले खेल्नुपर्ने भूमिकाका विषयमा नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलेजका प्राध्यापक डा.भवानि शंंंकर भट्टराई, बद्री तामाङ लगायतको उपस्थिति थियो। कलेजले हरेक वर्ष दशै शुभकामना आयोजना गर्दै आएको छ ।

dharan = 2 modal 7 dharan = 3 model = 8 model = 9

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic