यमाहाको २० प्रतिशत डाउनपेमेन्टमा नै लोन मेला

  • असोज १२, २०७९
  • ३,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः यमाहा कम्पनीको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यमाहा लोन मेलाको आयोजना गरेको छ ।

कम्पनीले वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा ग्राहकहरुलाई सेवा दिने उदेश्यले यमाहा कम्पनीको कुनैपनि मोटरसाईकल वा स्कुटी खरीद गर्नको ग्राहकलाई सुविधा दिने उदेश्यले यो मेलाको उदेश्य रहेको मेला सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।

मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भईरहेको खतिवडाले वताएकाछन् ।

यो मेलामा सेवा लिने ग्राहकहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमा नै आफूले खरीद गर्न चाहेको गाडी खरीद गर्न सक्ने सुविधा रहेको खतिवडाको भनाई रहेको छ । यो सुविधा नेपालमा नै पहिलो भएको खतिवडाको दावी रहेको छ ।

पैसा अपुग भएर गाडी खरीद गर्नको लागि समस्यामा परेका ग्राहकहरुलाई मध्यनजर गरेर यो सुविधा प्रदान गरीएको उनको भनाई रहेको छ । उनले भने–केही पैसा तर पुरा पैसा नहुदा गाडी किन्ने चाहाना अधुरो नै हुने गर्दछ त्यसैले हामी ग्राहकको चाहाना पुरा गर्न यो योजना अघि सारेका छौं ।

यो योजना अन्तर्गत FZ 16,६४ हजार सातसय असी, FZDd६९ हजार पाचसय असी, Saluto125 ४९ हजार ८८०, SZRR ५४३८०, RayZrFI ५६ हजार ३ सय ८० RayZ113 को लाई ४३ हजार ९ सय असी र Fasino 125 लाई ५३ हजार ५सय ८० रुपैया डाउनपेमेन्ट गरी खरीद गर्न सकिने व्यवस्था रहेको छ ।

फाइनान्स मार्फत गाडी खरीद गर्दा सवै कागजात पुरा भएको अवस्थामा ३० ्मिनेटमा नै फाइनान्सको प्रकृया पुरा गरीने सुविधा रहेको मेला संचालक खतिवडाले जानकारी दिएकाछन् ।

यो फाइनान्स स्किम धरान स्थित यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडस धरान–८ भोटेपुलमा उपलव्ध हुनेछ ।

 

 

 

 

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic