यमाहा मेलाको आठौ दिनको दिन ९ वटा गाडी विक्रि यमाहाको २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरीद गर्न सकिने

  • असोज १३, २०७९
  • ५,५३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ः धरानमा जारी यमाहा कम्पनीको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले संचालन गर्दै आएको यमाहा लोन मेलाको तेस्रो दिन ९ वटा गाडी विक्रि भएको आयोजकले जनाएको छ ।

अघिल्लो दिन १३ वटा गाडी विक्रि भएपनि विहिवार ९ वटा गाडी विक्री भएको हो ।

कम्पनीले वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा ग्राहकहरुलाई सेवा दिने उदेश्यले यमाहा कम्पनीको कुनैपनि मोटरसाईकल वा स्कुटी खरीद गर्नको ग्राहकलाई सुविधा दिने उदेश्यले यो मेलाको उदेश्य रहेको मेला सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।

मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भईरहेको खतिवडाले वताएकाछन् ।

यो मेलामा सेवा लिने ग्राहकहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमा नै आफूले खरीद गर्न चाहेको गाडी खरीद गर्न सक्ने सुविधा रहेको खतिवडाको भनाई रहेको छ । यो सुविधा नेपालमा नै पहिलो भएको खतिवडाको दावी रहेको छ ।

पैसा अपुग भएर गाडी खरीद गर्नको लागि समस्यामा परेका ग्राहकहरुलाई मध्यनजर गरेर यो सुविधा प्रदान गरीएको उनको भनाई रहेको छ ।

यो योजना अन्तर्गत FZ 16,६४ हजार सातसय असी,FZDd ६९ हजार पाच सय असी, Saluto125 ४९ हजार ८८०, SZRR ५४३८०, RayZrFI  ५६ हजार ३ सय ८० RayZ113 को लाई ४३ हजार ९ सय असी र Fasino 125 लाई ५३ हजार ५सय ८० रुपैया डाउनपेमेन्ट गरी खरीद गर्न सकिने व्यवस्था रहेको छ ।

फाइनान्स मार्फत गाडी खरीद गर्दा सवै कागजात पुरा भएको अवस्थामा ३० ्मिनेटमा नै फाइनान्सको प्रकृया पुरा गरीने सुविधा रहेको मेला संचालक खतिवडाले जानकारी दिएकाछन् ।

यो फाइनान्स स्किम धरान स्थित यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडस धरान–८ भोटेपुलमा उपलव्ध हुनेछ ।

 

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic