सुनसरी १ मा दलभन्दा स्वतन्त्रको मनोनयन संख्या धेरै

  • असोज २४, २०७९
  • ८,४६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ असोज ः सुनसरी क्षेत्र नं १ मा राजनीतिक दल भन्दा स्वतन्त्रको उम्मेद्वारहरुको संख्या उल्लेख मात्रा रहेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि तय भएको शनिबार उम्मेद्वारी मनोनयन दर्तामा स्वतन्त्रको संख्या उल्लेख्य भएको हो ।

photo = 3

धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना स्वतन्त्र उम्मेद्वार हुन् भने ९ जना राजनीतिक दलका उम्मेद्वार रहेकाछन् ।

photo = 1

प्रतिनिधिसभामा राजनीतिक दलबाट मनोनयन दर्ता गर्ने उम्मेद्वाहरुमा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेद्वार अशोक राई, लोकतान्त्रिक–बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्साहाङ मेन्याङ्बो, राप्रपाबाट अशोक राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बा, किरात खम्बुवान साझा पार्टीबाट देवीबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन), मंगोल नेशनल अर्गानाइजेशनबाट प्रेमबहादुर श्रेष्ठ, जनमत पार्टीबाट फत्तबहादुर खड्का र जनसमाजवादी पार्टीबाट मंगलसिंह लिम्बुले मनोनयन दर्ता गरेका छन् ।

umedawari-manonayan-sunsari-1-7

यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा मनोजकुमार मेन्याङ्बो, कुमार कार्की, करुणा राई,तर्कबहादुर मगर, संजयकुमार राई, विजयकुमार राई, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राईले मनोनयन दर्ता गराएका छन् ।

१ प्रदेशसभा (क) मा कुल १५ जनाले उम्मेदेवारी मनोनयन दर्ता गराएका छन् । ती मध्ये ८ जना स्वतन्त्र, ७ जना राजनीतिक दलबाट उम्मेद्वार वनेकाछन् ।

राजनीतिक दलहरुमा नेपाली कांग्रेसबाट उमेश थापा, नेकपा एमालेबाट रमेश बस्नेत, राप्रपाबाट उद्धव श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भोलामान वर्देवा, किराँत खम्बुवान साझा पार्टीबाट शुरेशकुमार राई र हाम्रो नेपाल पार्टीबाट विजय कालिकोटेले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेद्वारको रुपमा खगेन्द्र श्रेष्ठ, सुमित्रा राई,समिर तामाङ, पदमबहादुर कार्की, गोमा राई,माया विश्वकर्मा,पासाङ डोल्मा गुरुङ र टंकबहादुर विश्वकर्माले पनि मनोनयन दर्ता गराएका छन् ।

सुनसरी निर्वाचन प्रदेशसभा ख मा कुल १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । तीमध्ये राजनीतिक दलबाट ६ जना छन् भने ८ जना स्वतन्त्र उम्मेद्वार छन् ।

राजनीतिक दलबाट उम्मेद्वारी दर्ता गर्नेमा नेकपा एमालेका विजयकुमार राई, नेकपा एसका रेवतीरमण राई, किरात खम्बुवान साझा पार्टीका भुपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बु, नागरिक उन्मुक्ति पार्टी(रेशम चौधरी) बाट ओमप्रकाश थारु र राप्रपाबाट अनिश ढकालले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा हेमचन्द्र राई, राजन बस्नेत, विन्द्रमान राई, कमलबहादुर कटवाल, शरण राई, मित्राकुमारी अधिकारी, रोहित सुब्बा र रिकेश विश्वकर्माले मनोनयन गराएका छन् ।

कतिपय वास्तविक स्वतन्त्र उम्मेद्वार छन् भने कतिपय पार्टीले उठाइएका डमी स्वतन्त्र उम्मेद्वार रहेकाछन् ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic