कहाँ कहाँ बाट चुनावी मैदानमा छन् एकीकृत समाजवादीका २० नेता

  • असोज २८, २०७९
  • ५,०८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ असोज ः सत्तारुढ गठवन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले २० निर्वाचन क्षेत्रमा कहाँ कहाँबाट चुनावी मैदानमा प्रतिष्पर्धामा रहेकाछन् ।

सत्तारुढ २० सिटसहित चुनावी मैदानमा उत्रिएको समाजवादीले एमालेसँग प्रतिष्पर्धा गर्र्दैछ ।

सत्तारुढ गठबन्धनको संघीय संसद्को सिट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा २० सिट परेको हो ।

पार्टीले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहटबाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । अध्यक्ष नेपालसँग रौतहट १ मा एमालेका अजय गुप्ता प्रतिस्पर्धामा छन् ।

यता पार्टीका सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट मैदानमा छन् भने उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर २ बाट उम्मेदवारी दिएकाछन् ।

खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दा खतिवडाको प्रतिस्पर्धी एमालेकै अम्मरबहादुर रायमाझी छन् ।

बागमती प्रदेशमा मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका चुनावी मैदानमा छन् भने सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट चुनावी मैदानमा छिन् ।

पाण्डे र झाँक्री दुवैको प्रतिस्पर्धा एमालेसँग छ । पाण्डेले एमालेका भूमि त्रिपाठी र झाँक्रीले एमालेकै लोकप्रिय युवा नेता गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

त्यस्तै सोमप्रसाद पाण्डे पाल्पा २, मेटमणि चौधरी दाङ १, जीवनराम श्रेष्ठ काठमाडौं ८, शेरबहादुर कुँवर अछाम १, श्रीनाथ बराल कास्की २, विरोध खतिवडा मकवानपुर १, कृष्णलाल महर्जन ललितपुर २ बाट चुनावी मैदानमा छन् ।
उता धर्मनाथप्रसाद साह सिराहा ४, कृष्णकुमार श्रेष्ठ बारा ४, भानुभक्त जोशी बझाङ, प्रकाश ज्वाला सल्यान, अम्मरबहादुर थापा दैलेख १, प्रेम आले डोटी र हरिकुमार राना झापा २ बाट निर्वाचन लड्नेछन् ।

समाजवादीले २० मध्ये १९ निर्वाचन क्षेत्रमा एमालेसँग प्रतिस्पर्धा गर्नेछ ।

सिराहा ४ मा धर्मनाथप्रसाद साह बाहेक एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।

रूपन्देही २ मा उक्त पार्टीका उम्मेदवारको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरेपछि कानुनी प्रकृयामा छ ।
समाजवादीलाई निर्वाचन जित्नको लागि गठवन्धनमा रहेका अन्य दलको भर पर्नु पर्नेछ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic