कहाँ कहाँ बाट चुनावी मैदानमा छन् एकीकृत समाजवादीका २० नेता

  • असोज २८, २०७९
  • ५,०११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ असोज ः सत्तारुढ गठवन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले २० निर्वाचन क्षेत्रमा कहाँ कहाँबाट चुनावी मैदानमा प्रतिष्पर्धामा रहेकाछन् ।

सत्तारुढ २० सिटसहित चुनावी मैदानमा उत्रिएको समाजवादीले एमालेसँग प्रतिष्पर्धा गर्र्दैछ ।

सत्तारुढ गठबन्धनको संघीय संसद्को सिट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा २० सिट परेको हो ।

पार्टीले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहटबाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । अध्यक्ष नेपालसँग रौतहट १ मा एमालेका अजय गुप्ता प्रतिस्पर्धामा छन् ।

यता पार्टीका सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट मैदानमा छन् भने उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर २ बाट उम्मेदवारी दिएकाछन् ।

खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दा खतिवडाको प्रतिस्पर्धी एमालेकै अम्मरबहादुर रायमाझी छन् ।

बागमती प्रदेशमा मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका चुनावी मैदानमा छन् भने सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट चुनावी मैदानमा छिन् ।

पाण्डे र झाँक्री दुवैको प्रतिस्पर्धा एमालेसँग छ । पाण्डेले एमालेका भूमि त्रिपाठी र झाँक्रीले एमालेकै लोकप्रिय युवा नेता गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

त्यस्तै सोमप्रसाद पाण्डे पाल्पा २, मेटमणि चौधरी दाङ १, जीवनराम श्रेष्ठ काठमाडौं ८, शेरबहादुर कुँवर अछाम १, श्रीनाथ बराल कास्की २, विरोध खतिवडा मकवानपुर १, कृष्णलाल महर्जन ललितपुर २ बाट चुनावी मैदानमा छन् ।
उता धर्मनाथप्रसाद साह सिराहा ४, कृष्णकुमार श्रेष्ठ बारा ४, भानुभक्त जोशी बझाङ, प्रकाश ज्वाला सल्यान, अम्मरबहादुर थापा दैलेख १, प्रेम आले डोटी र हरिकुमार राना झापा २ बाट निर्वाचन लड्नेछन् ।

समाजवादीले २० मध्ये १९ निर्वाचन क्षेत्रमा एमालेसँग प्रतिस्पर्धा गर्नेछ ।

सिराहा ४ मा धर्मनाथप्रसाद साह बाहेक एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।

रूपन्देही २ मा उक्त पार्टीका उम्मेदवारको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरेपछि कानुनी प्रकृयामा छ ।
समाजवादीलाई निर्वाचन जित्नको लागि गठवन्धनमा रहेका अन्य दलको भर पर्नु पर्नेछ ।

 

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic