गाँउ गाँउ मनोजको चुनावी रौनक

  • कार्तिक ४, २०७९
  • ५,८०३ पटक पढिएको
  • छाल खबर
alt

 

छाल खवर
धरान,४ असोज ः स्वतन्त्र उम्मेद्वारी दिएका धरान पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वो यतिवेला गाउ गाउमा चुनावी अभियानमा सकृय रहेकाछन् ।

कुनै समय धरानको विकासको मोडालिटी निर्माण गरेका र आजको धरानको निर्माता समेत रहेका मेन्याङ्वो यतिवेला स्वतन्त्र रुपमा उम्मेदवारी दिएर  खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा सकृय भएका हुन्

manoj dai = 5

उनले सुनसरी क्षेत्र न १ अन्र्गत रहेका वराहक्षेत्र क्षेत्र ३ र ४, ५ नं. वडामा भेटघाट गरेका थिए । आफू घरदैलो र भेटघाटबाट थप उत्साहित वनेको वताएकाछन् । उनले वराहक्षेत्रको नडाहा, तिनकुने कालान्जर, लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका थिए ।

घरदैलोमा सहभागी स्थानीय पहलमान वस्नेतले यस क्षेत्रका जनता विकास वुझेका योग्य,दक्ष र अनुभवी उम्मेद्वारको पक्षमा रहेको वताए । उनले दलका नाममा उठाइएका जो सुकै उम्मेद्वारलाई भन्दा योग्य उम्मेद्वारलाई आफूहरुले मतदान गर्ने वताए ।

manoj = 1

मेन्याङ्वो धरान नगरपालिकाका एक कार्यकाल उपमेयर तथा एक कार्यकाल मेयर वनेर धरानलाई जनसहभागिताको सहर वनाउने प्रमुख व्यक्ति हुन् ।

वराहक्षेत्र ३ नडाहका राजन राईले आफू हाम्रोलाई भन्दा राम्रो र सक्षम उम्मेद्वारलाई भोट दिने मनस्थितिमा रहेको वताए ।

आफ्नो क्षेत्रको विकास र समृद्धिको पक्षमा काम गर्ने योग्य व्यक्तिलाई सहयोग गर्ने भनाई थियो ।

मेन्याङ्वोका् विषयमा अनौपचारीक जानकारी भएपनि प्रत्यक्ष भेटघाट नभएको वताउदै प्रत्यक्ष भेटन र वुझ्न पाएको भन्दै खुशी लागेको वताए । उनले आफुहरुले सक्षम नेतृत्व चयन गर्न लागि पर्ने वताएकाछन् ।

स्थानीय केषव मैनालीले त्यस क्षेत्रका जनता योग्य र दक्ष उम्मेद्वारको पक्षमा रहेको वताए । उनले यस पटक सही र नेतृत्व चयन गर्नमा पछि नपर्ने दावी समेत गरेका थिए ।

manoj dai = 2

मेन्याङ्वोको निर्वाचन परिचालन समितिमा रहेर काम गरीरहेका खगेन्द्र मेन्याङ्वोले वराहक्षेत्रका जनताले दिएको उत्साहले आफूलाई थप उर्जा मिलेको दावी गरे । शहर भन्दा चुनावी रौनक गाउ गाउमा व्यापक रुपमा वढदै गएकोमा खुशी लागेको वताए ।

सुुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीधारी सापकोटाले मेन्याङ्वोको पक्षमा त्यसक्षेत्रका जनता उत्साहित वनेर लागेको प्रतिक्रिया दिएकाछन् । उनले प्रतिप्रतिदिन गाउ गाउबाट माहौल वन्दै गएकोमा खुशी लागेको वताए ।

manoj dai = 4

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic