विष्णुपादुका र वराहक्षेत्र वडा नं १ मा मनोजको माग वढदो

  • कार्तिक ७, २०७९
  • ५,५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७कार्तिक ः धरानको नगर प्रमुख हुदा निकै लोकप्रिय रहेका धरानका पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वोको माग सुनसरी क्षेत्र नं १ मा दिनप्रतिदिन वढदै गएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मेन्याङ्वोको माग निर्वाचन क्षेत्र मा नै वढदै गएको हो ।

आजको धरानको निर्माण गरेका उनै मेन्याङ्वोको उम्मेद्वारीको चर्चाले अन्य क्षेत्रका जनतामा पनि आसा पलाएको छ ।

m 333

धरान नगर उपप्रमुख र प्रमुख भएर काम गरेको अनुभव वटुलेका उनीबाट क्षेत्र नं. १ का जनताले समेत ठूलो अपेक्षा गरेको धरान– २० का प्रेमकुमार राईको भनाई रहेको छ ।

नगर प्रमुख भएको समयमा उनले गरेको कामको अवस्थालाई हेर्दा उनले क्षेत्र नं. १को विकासमा पनि निकै ठुलो आसा गर्न सकिने उनले वताए । मेन्याङ्वो खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेकाछन् ।

त्यसैगरी वराहक्षेत्र नगरपालिका वडा नं १ चियावारीका पूर्व शिक्षक तपेन्द्र राईले यस अघि आफूहरुले जिताएर पठाएका जनप्रतिनिधिहरुले गाउमा खासै केही योजना ल्याउन नसकेको गुनासो गरेका थिए । उनले यस पटक गाउमा योजना ल्याउन सक्ने क्षमतावान उम्मेद्वारलाई आफूहरुले मतदान गर्ने वताएका थिए ।

उनले धरानको विकास गरी विकासलाई नजिकबाट नियालेका अनुभवी दक्ष उम्मेद्वारको रुपमा मेन्याङ्वोलाई वुझेकोले यस पटक आफूहरुले त्यसतर्फ सहयोग गर्ने वताएका थिए ।

उनले जुनसुकै पार्टी आएपनि विकास कसैले नगरेको गुनासो समेत गरेका थिए । विचार जे सुकै भएपनि काम गर्न सक्ने क्षमतावान नेतृत्व चयन गर्ने उनको भनाई रहेको थियो ।

गाउ गाउमा आफ्नो माग रहेको देखेर आफू उत्साहित वनेको मेन्याङ्वोले वताएकाछन् । उनले सोमवार धरान–२० विष्णुपादुका, वराहक्षेत्र वडा नं १ को वरडाडा,चियावारी, सुर्यकुण्ड क्षेत्रमा क्षेत्रमा भेटघाट तथा घरदैलो सञ्चालन गरेका थिए ।

मेन्याङ्वो धरान नगरपालिकाका एक कार्यकाल उपमेयर तथा एक कार्यकाल मेयर वनेर धरानलाई जनसहभागिताको सहर वनाउने प्रमुख व्यक्ति हुन् ।

आफ्नो क्षेत्रको विकास र समृद्धिको पक्षमा काम गर्ने योग्य व्यक्तिलाई सहयोग गर्ने प्रतिवद्धता क्षेत्रका जनताले व्यक्त गरेका थिए ।

सुुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ सल्लाहकार राजकुमार राईले मेन्याङ्वोको पक्षमा विष्णुपादुका र वराहक्षेत्र १ का जनता उत्साहित वनेको देखेर ज्यादै खुशी लागेको वताए । उनले जनताहरु को ठीक को वेठीक भन्ने छुट्याउन सक्षम वनेको उनको भनाई रहेको छ ।

यस पटक अनुभवी र दक्ष उम्मेद्वारलाई जनताले काम गर्ने अवसर दिनेमा आफूहरु ढुक्क रहेको वताए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic