जसले हेरो उसले सन्तुष्टी लियो जसले हेरेन उ पछुतायो नालापानी चलचित्र

  • कार्तिक ८, २०७९
  • ४,०७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ कार्तिक ःअङ्ग्रेज–नेपाल युद्धमा भएको ऐतिहासिक युद्धमा आधारीत नेपाली चलचित्र नालापानी मंगलवार धरानमा प्रदशन भएको छ ।

काठमाडौँ–सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को धरानमा प्रदर्शन भएको हो ।

nalapani = 2 copy

रिमेश अधिकारीद्धारा निर्देशन गरीएको सो चलचित्रमा नालापानी गढीमा अङ्ग्रेज सैनिक विरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई कथा वस्तु वनाइएको छ ।

संभवत सवैभन्दा लामो समय लगाएर निर्माण गरीएको चलचित्रको रुपमा सो चलचित्रलाई मानिएको छ । चलचित्र निर्माण गर्नको लागि निर्देशक अधिकारीले ९ वर्ष अध्यय्न अनुसन्धान गरेर चलचित्र निर्माण गरेका छन् । ।

नेपाली वीरताको गाथा बोकेको चलचित्र भएकोले एकपल्ट हेरेर सल्लाह सुझाव दिन अधिकारीले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले देश विदेशमा रहेका चलचित्र प्रेमी महानुभावहरुलाई आग्रह समेत गरेका छन् ।

ppppppppp

चलचित्र हेरी सकेपछि दर्शक सुमन श्रेष्ठले आफूले सानो छदा पढेको नालापानीको इतिहासको कुरालाई चलचित्रको कथा वस्तु वनेको देख्दा आफूलाई बाल्यकालमा इतिहास पढेको याद आएको स्मरण गरेका थिए ।

उनले जुन दर्शकले चलचित्र हेरो उसले पूर्ण सन्तुष्ट हुने र जसले हेर्दैन उसले पछुताउनु पर्ने वताए ।

अर्का दर्शक महेश श्रेष्ठले मातृभूमीका लागि हाम्रा पुर्खाले काधमा वच्चा वोकेर जीवनको कुनै प्रभाह नगरी साहसीपूर्वक लडाईं लडेका रहेछन् भन्ने कुरा ‘नालापानी’ले देखाएको प्रतिक्रिया दिएकाछन् ।

मातृभूमिका लागि पुर्खाले के कस्ता चुनौति सामाना गरेकाछन भन्ने सन्देश नयाँ पुस्ता दिएको श्रेष्ठको भनाई रहेको छ ।

चलचित्रमा बिशाल श्रेष्ठ,मनोज शाक्य, पूजना प्रधान, देशभक्त खनाल, प्रनिस शाक्य,अर्जुनजंग शाही, सन्तोष पन्त, बिशाल पहारी, विजय बिष्फोट, गीता अधिकारी रहेकाछन् ।

त्यसैगरी ईशान बिजु श्रेष्ठ, महाविर विश्वकर्मा, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एसोसियट निर्माता सपन कुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

यो चलचित्र एकपल्ट हेरीदिन निर्माता मनोज शाक्यले आग्रह समेत गरेकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic