धरानको विकासको लागि कस्ले पहुच राख्छ भन्ने कुराको निर्णय गर्ने वेला आएको छ –अशोक राई

  • कार्तिक १३, २०७९
  • ५,८७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ः जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राईले मुलुकको औद्योगिक सुरक्षाका लागि सरकारले नीति नै बनाउनु पर्ने बताएका छन् ।

uml 2

शनिबार धरानमा उद्योगी व्यापारीहरुसँगको छलफलमा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार समेत रहेका नेता राईले सो कुरा बताएका हुन् ।

उनले उद्योगीहरुलाई बचाउन सकिए मात्रै देशको राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने बताए ।

उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा आपूmलाई जिताएर पठाएमा उद्योगी व्यापारीहरु कै सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले नेपाली समाजमा उद्योगी व्यापारीहरुलाई नाफा कमाउने व्यक्तिका रुपमा मात्रै हेर्ने गलत प्रवित्ति रहेको औंल्याए ।

uml news

उनले २०७४ सालको निर्वाचनमा आपूm पराजित भए पनि साना तिना विकासका काम गर्दै आएको बताए ।

चुनावमा निर्वाचित नहुँदा अनुरोध गर्ने ठाउँ मात्रै रहने तर निर्वाचित भए आदेश दिने ठाउँमा पुगिने भएकोले अब आपूmलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा पुर्याउने भन्ने कुरा जनताको हातमा रहेको उनले बताए ।

‘अनुरोध गर्ने ठाउँमा कम मात्रै काम गर्न सकिन्छ,’ उनले भने, ‘यहाँहरुले जिताउनु भो भने आदेश दिने ठाउँमा पुगिन्छ । अब मलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा पुर्याउने त्यो यहाँहरुकै हातमा छ ।’

पूर्वमन्त्री समेत रहेका नेता राईले ताप्लेजुङका व्यापारीहरुले १४ घन्टा लगाएर बिर्तामोडबाट सामान ल्याउने गरेको तर तमोर करिडर सडक पुरा भए धरानदेखि सात घन्टामै ताप्लेजुङ पुग्न सकिने भएकोले उक्त सडक निर्माणले धरानको आर्थिक कारोबार बृद्धि हुने बताए ।

उनले धरान, बराहक्षेत्र र रामधुनीकाधार्मिक पर्यटकीय स्थलहरुलाई जोड्ने गरी चक्रपथ निर्माण गर्नुपर्ने, धरानमा एक हजार मान्छे अट्ने आधुनिक सभागृह निर्माण गर्नुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नमूना अस्पताल बनाउन सक्षम, इमान्दार र त्यो संस्थालाई मायागर्ने भिसील्याउनुपर्ने बताए ।

कार्यक्रममा सुनसरी–१ का प्रदेश सभा तर्पmका एमाले–जसपाका साझा उम्मेदवार रमेश बस्नेत र विजय राई, जसपाका प्रदेश सभा समानुपातिक उम्मेदवार भीम राई, एमालेका प्रदेश सभा समानुपातिक उम्मेदवार लहरु जिमीका साथै प्रदेश १ का सभामुख तथा एमाले नेता प्रदीप भन्डारी, जसपा राजनीतिक समिति सदस्य दीपक मेन्याङबो, लगायत नेताहरु पनि सहभागीथिए ।

कार्यक्रममा उद्योगीव्यापारीहरुले आप्mनो क्षेत्रका समस्याहरु राख्दै निर्वाचित भएपछि ती समस्या समाधान गर्न आग्रह गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic