शिखरवासका जनताको समस्याका वारेमा म चिन्तितछु–मेन्याङ्वो

  • कार्तिक १३, २०७९
  • १,०६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिकः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार मनोज कुमार मेन्याङ्वोले धरान–४ शिखरवासका जनताको समस्याको विषयमा आफु चिन्तित रहेको वताएकाछन् ।

घरदैलो अन्र्तगत स्थानीय शिखरवास खानेपानी कार्यालयमा भएको सामुहिक भेटभाटमा त्यस क्षेत्रका जनताको गुनासो सम्वोधन गर्दै मेन्याङ्वोले सो कुरा वताएका हुन् ।

manoj dai 2 4

स्थानीय राजन राईले सर्दु जलाधारका नाममा सरकारले अनावस्यक दुःख दिएको गुनासो गरेका थिए ।

उनले आफ्नो जग्गा भएको क्षेत्र जलाधार क्षेत्र नपरेपनि विना कारण रोक लगाएकोले व्यक्तिगत सम्पति पनि विक्रि गर्न नपाउदा आफूहरुले सरकार भए नभएको अनुभति गर्न नपाएको गुनासो गरेका थिए ।

धरानलाई वनाउने हो भने धरानको ४ र २० लाई विकासको गतिले अघि वढाउनु पर्ने सुझाव दिएका थिए ।

त्यसक्षेत्रमा पदमार्ग निर्माण गर्न सके आन्तरीक पर्यटनको विकास हुनुका साथै आर्थिक रुपमा पनि टेवा पुग्ने सुझाव दिएका थिए ।

स्थानीयको गुनासो पश्चात मेन्याङ्वोले आफू धरानको दुइपटक जनप्रतिनिधि भइसकेकोले स्थानीय तहका जनताको समस्या मिहिन ढंगले वुझेकोले शिखरवासका जनताको समस्या प्रति थप चिन्तित भएको वताए ।

उनले आफु नीति निर्माण तहमा निर्वाचित भएर गएको खण्डमा त्यसक्षेत्रको जनताको समस्या समाधान गर्नको लागि जस्तोसुकै चुनौतिको सामाना गर्न पनि तयार रहेको उल्लेख गरेका थिए ।

वाझगरा ९ क को जग्गा जलाधारको नाममा केही महिना अघि देखि खरीद विक्रिमा रोक लागेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic