लिम्वुवान छोडी माओवादी प्रवेश

  • कार्तिक १३, २०७९
  • ३२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ः लामो समयदेखि लिम्वुवान आन्दोलनमा आन्दोलनरत धरानका लिम्वुवानका नेता कार्यकर्ता माओावादी पार्टीमा प्रवेश गरेकाछन् ।

संघीय लिम्बुवान राष्ट्रीय मञ्च धरान नगर अध्यक्ष सन्जुहाङ सावा लगायत कमिटीको ठूलो पंक्ति नेकपा (माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

साँवा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लिम्वुवान पार्टीबाट धरान–११ को वडाध्यक्षको उम्मेद्धार समेत वनेका थिए ।

धरान–१२ स्थित होटल पुर्बी स्टारमा आयोजित पार्टी प्रबेस कार्यक्रममा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन।

त्यस्तै रत्न लिम्बू, पदम तामाङ,कमल तामाङ र राजकुमार सुन्दास समेत माओवादी केन्द्रमा प्रबेस गरेका छन।

नव प्रबेसीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले, संविधान सभाका सदस्य एबम पार्टीका केन्द्रीय सदस्य किरण कुमार राई,प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एबम पार्टीका प्रदेस न १ का सदस्य मुक्सामहाङ मेन्याङ्बो(लगायतले स्वागत गरेका थिए ।

नव प्रबेसी सन्जुहाङ सावा लिम्बुलाई माओवादी केन्द्रको नगर उपाध्यक्ष र बिनोद लिम्बुलाई नगर सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको धरान नगर अध्यक्ष मनोज भट्टराईले जानकारी दिएकाछन् ।

उनले चाडै पार्टीको बैठक बसेर अन्य नेता, कार्यकर्ताहरुलाई पनि उचित जिम्मेवारी दिइने वताए । पूर्ववत पार्टीको नेतृत्व पंक्तिले एक्लौटी ढङ्गले काम गरेका कारण माओवादी केन्द्रमा प्रबेस गरेको सन्जुहाङ सावाले बताए।

करिब १० बर्ष अघि एक्लै लिम्बुवानमा छिरेर मिहिनेत पुर्बक सङ्गठन गरेर हिडेको हुनाले माओवादी पार्टीमा प्रबेस गरेर नमस्कार थाप्न नभई पार्टी मजबुद बनाउन प्रबेस गरेको सावाले बताए।

हामी एक ढिक्का भएर गठबन्धनलाई जिताउन लाग्छौू(सावाले भने।माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री काफ्लेले परिबर्तनको एजेन्डालाई सन्स्थागत गर्न र प्रतिगमनलाई शिर उठाउन नदिनका लागि गठबन्धनलाई जिताउन आवस्यक भएको बताए।

सुनसरी १(क) प्रदेस सभा सदस्यका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार उमेस थापाले भावनात्मक रुपमा एक भएर गठबन्धनलाई जिताउन आग्रह गरे।

प्रतिनिधि सभाका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो(मुकेस) ले आफू निर्वाचित भएमा सबैसङ्ग सहकार्य गरेर सुनसरी– १ को बिकासमा लागि पर्ने बताउदै गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आग्रह गरे।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic