लिम्वुवान छोडी माओवादी प्रवेश

  • कार्तिक १३, २०७९
  • ३५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ः लामो समयदेखि लिम्वुवान आन्दोलनमा आन्दोलनरत धरानका लिम्वुवानका नेता कार्यकर्ता माओावादी पार्टीमा प्रवेश गरेकाछन् ।

संघीय लिम्बुवान राष्ट्रीय मञ्च धरान नगर अध्यक्ष सन्जुहाङ सावा लगायत कमिटीको ठूलो पंक्ति नेकपा (माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

साँवा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लिम्वुवान पार्टीबाट धरान–११ को वडाध्यक्षको उम्मेद्धार समेत वनेका थिए ।

धरान–१२ स्थित होटल पुर्बी स्टारमा आयोजित पार्टी प्रबेस कार्यक्रममा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन।

त्यस्तै रत्न लिम्बू, पदम तामाङ,कमल तामाङ र राजकुमार सुन्दास समेत माओवादी केन्द्रमा प्रबेस गरेका छन।

नव प्रबेसीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले, संविधान सभाका सदस्य एबम पार्टीका केन्द्रीय सदस्य किरण कुमार राई,प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एबम पार्टीका प्रदेस न १ का सदस्य मुक्सामहाङ मेन्याङ्बो(लगायतले स्वागत गरेका थिए ।

नव प्रबेसी सन्जुहाङ सावा लिम्बुलाई माओवादी केन्द्रको नगर उपाध्यक्ष र बिनोद लिम्बुलाई नगर सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको धरान नगर अध्यक्ष मनोज भट्टराईले जानकारी दिएकाछन् ।

उनले चाडै पार्टीको बैठक बसेर अन्य नेता, कार्यकर्ताहरुलाई पनि उचित जिम्मेवारी दिइने वताए । पूर्ववत पार्टीको नेतृत्व पंक्तिले एक्लौटी ढङ्गले काम गरेका कारण माओवादी केन्द्रमा प्रबेस गरेको सन्जुहाङ सावाले बताए।

करिब १० बर्ष अघि एक्लै लिम्बुवानमा छिरेर मिहिनेत पुर्बक सङ्गठन गरेर हिडेको हुनाले माओवादी पार्टीमा प्रबेस गरेर नमस्कार थाप्न नभई पार्टी मजबुद बनाउन प्रबेस गरेको सावाले बताए।

हामी एक ढिक्का भएर गठबन्धनलाई जिताउन लाग्छौू(सावाले भने।माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्री काफ्लेले परिबर्तनको एजेन्डालाई सन्स्थागत गर्न र प्रतिगमनलाई शिर उठाउन नदिनका लागि गठबन्धनलाई जिताउन आवस्यक भएको बताए।

सुनसरी १(क) प्रदेस सभा सदस्यका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार उमेस थापाले भावनात्मक रुपमा एक भएर गठबन्धनलाई जिताउन आग्रह गरे।

प्रतिनिधि सभाका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो(मुकेस) ले आफू निर्वाचित भएमा सबैसङ्ग सहकार्य गरेर सुनसरी– १ को बिकासमा लागि पर्ने बताउदै गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आग्रह गरे।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic