वस्तिवासीले घण्टाघर हाम्रो भर भन्न थाले धरानमा घन्कियो घण्टाघर

  • कार्तिक १४, २०७९
  • ९,२६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १५ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कुमार कार्किले सुकुम्वासी जनताले तीन दशक लामो समयदेखि भोगीरहेको लालपुर्जाको लागि आफ्नो वास्तविक प्रतिनिधि चयन गर्नुपर्ने वताएकाछन् ।

चुनावी घरदैलोलाई सम्वोधन गर्ने क्रममा सोमवार धरान–१६ मा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन् ।

kumar 2

कार्यक्रममा सम्वोधन गर्दै कार्कीले दलहरुले लाजपुर्जाको लोभ देखाएर विगत ३० वर्षदेखी सुकुम्वासीहरुलाई अल्मल्याइरहेको आरोप लगाउदै अव लालपुजाको लागि सदन नीति निर्माण गर्ने ठाउमा आफ्नो प्रतिनिधि पठाउने मौका आएको वताए ।

उनले सुकुम्वासीको वास्तविक प्रतिनिधि चयन गर्ने अवसर आएको वताउदै यो अवसरलाई सदुपयोग गर्न सकेमात्र सुकुम्वासीको वास्तविक अधिकार प्राप्त हुने जिकिर गरे ।

उनले आफुलाई जिताएर पठाए मात्र सुकुम्वासीको सम्पूण अधिकार सुनिश्चित हुने दावी समेत गरेका थिए ।

कार्यक्रममा स्थानीय उत्तम कार्कीले सुकुम्वासीहरुले दलहरुको झुठा आस्वासन र भ्रममा नपरी आफ्नो प्रतिनिधिलाई भोट दिएर जिताउन वस्तिवासीलाई आग्रह गरेका थिए ।

उनले वस्तिवासीहरु यो निर्वाचनमा चनासो हुनुपर्नेमा जोडदिदै दलहरुको कुनैपनि लोभ लालचमा नपर्न अपिल समेत गरेका थिए ।

उम्मेद्वार धरान–१५ लगायतका वडाहरुमा समेत आफ्नो घरदैलो सम्पन्न गरीसेकाछन् । सुकुम्वासी क्षेत्रमा कार्कीको राम्रो पकड रहेको छ । उनी सुकुम्वासीहरुको छाता संगठन नेपाल वसोवास वस्ति संरक्षण समाजका केन्द्रीय अध्यक्ष समेत हुन ।

 

 

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic