सुनसरी क्षेत्र नं १ लाई छ्या हैन आहा भन्ने वनाउछु – विजयकुमार राई

  • कार्तिक १५, २०७९
  • २,५१६ पटक पढिएको
  • छाल खबर
alt

राष्ट्र विकासको भोको हुनु पर्दछ, नीति र नियत चोखो हुनुपर्दछ भन्ने सोच राख्ने विजय कुमार राई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेद्वार हुनुहुन्छ । लामो समय लाहुरे जीवन विताउनु भएका राई मुलुकमा विद्यमान राजनीतिक विकृति र वेथितिालाई टुलुटुलु हेरेर वस्न नसकि नेपाल आमालाई वचाउनको लागि  प्रत्यक्ष राजनीतिमा लागेको वताउनु हुन्छ । समाज परिवर्तनका लागि मुलुकको नीति निर्माण तहमा आफै पुग्नु पर्ने भएकोले आफू प्रतिनिधि सभामा उम्मेद्वारी दिएको वताउनु हुन्छ । राष्ट्रप्रेम भन्दा ठूलो अर्को कुनै धर्म हुदैन राष्ट्र सेवा भन्दा ठूलो अर्को कुनै कर्म हुदैन भन्ने सोच राखी मातृभूमि प्रति सर्मपित राईसँग छाल खवरका लागि भोला श्रेष्ठले गरेको प्रस्तुत छ संक्षिप्त कुराकानी ः

bijay rai photo 2

तपाईको चुनावी तयारी कस्तो हुदैछ ?

निर्वाचन आयोगले १७ गते भन्दा अघि प्रचार प्रसार गर्न रोक लगाएकोले आफन्त भेटघाट र साथीभाईसँग भेटघाटमा व्यस्त रहेको छ ।

तपाईको उम्मेद्वारी के का लागि ?

मलाई प्रत्यक्ष राजनीतिमा आउने इच्छा थिएन हाम्रो पूर्व गोर्खा सैनिकहरुको भेलाले मुलुकमा जारी राजनीतिक विकृति र विसंगती विरुद्ध संगठित भई नेपाल आमा वचाउन लाग्ने निर्णय भयो । दलहरुको रवैयाका कारण जनतामा निराशा छाएको देखेर समाज परिवर्तनका लागि भूपूहरु लाग्नु पर्दछ भन्ने उदेश्यले म राजनीतिमा लागेका हु । राष्ट्रप्रेम भन्दा ठूलो अर्को कुनौ धर्म हुदैन राष्ट्र सेवा भन्दा ठूलो अर्को कुनै कर्म हुदैन । समाज परिवर्तनका लागि मेरो उम्मेद्वारी हो ।

तपाईको चुनावी एजेण्डाहरु के के छन् ?

मेरो चुनावी एजेण्डा भनेको धरानको लागि खानेपानीको स्थायी रुपमा समाधान नै हो भने धरानका वाहिरका एजेण्डाहरु फरकछन् । शिक्षा स्वास्थ्य लगायतका अन्य विषयहरु पनि मेरो एजेण्डामा पर्दछ ।

तपाईले खाानेपानी समस्या त एजेण्डा त राख्नुभयो यसको स्थायी समाधान के देख्नुहुन्छ ?

यसको स्थायी समाधान भनेको सप्तकोशीको पानी नै अन्तिम समाधान हो । यसमा मेरा पहल हुनेछ । अहिलेको खोला खोल्सी अल्पकालिन समाधान हो ।

कोशीको पानी ल्याउन संभव छ त ?

यो सामान्य कुरा हो धेरै टाढा जानु पर्दैन त्यही नजिक कालिङपुङ गएर हेर्दा भैहाल्छ त्याहा पनि नदीबाट पानि लिप्टीङ गरेर लगिएको छ । त्यो भन्दा हाम्रो छ झन सहज छ केवल हाम्रो इच्छा शक्ति हुनु परो ।

कोशीबाट पाानी ल्याउन त महंगो पर्छ भन्ने छ कसरी संभव हुन्छ त ?त्यसमा पनि तपाई स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ बजेट ल्याउन सक्नुहुन्छ त ?

मैलै नीति वनाउने हो खानेपानीलाई साझा एजेण्डा वनाउनु पर्दछ । राज्यबाट पहल गर्नुपर्दछ अपुग भएका स्थानीय सहभागीता जनाउनु पर्दछ त्यसमा पनि धरान त जनसहभागीताबाट निर्माण भएको शहर हो यहा उदेश्य पवित्र हुनु पर्दछ धराने जनताले साथ दिनेछन् । यो योजना सहज रुपमा सफल हुन्छ ।
अन्य एजेडमा सवालमा धरान धार्मिक स्थलहरुको खानी भएको क्षेत्र हो यसलाई मात्र उपयोग गर्न सके यस क्षेत्रमा धार्मिक पर्यटकहरुको ओइरो लाग्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ । पर्यटनले मुलुकको आम्दानीको आधा स्रोत धानेको हुन्छ हाम्रो देशमा त्यसको उचित व्यवस्थापन गर्न नसकेर हो । यसलाई व्यवस्थापन गर्न सकेको खण्डमा यो राम्रो आम्दानीको स्रोत हो ।

तपाईलाई सुनसरी क्षेत्र नं. १ का जनताले भोटदिनु पर्ने कारण के वताईदिनु न ?

मलाई भोट दिनुपर्ने पहिलो कारण मेरो इमान्दारीता,मेहनती, दोस्रो कारण म स्थानीय, र अर्को कुरा म यस क्षेत्रका जनताको समस्याप्रति जानकार छु ।त्यसैले मलाई भोट दिएर जिताएमा म जनताको शिर निहुरीने कुनैपनि काम गर्दिन । लामो लामो समय भारतीय सेनामा जागिर खाएर आएको मान्छे मैले घर चलाउनलाई कुनै भ्रष्टाचार गर्नु पदैन मलाई कुनै पनि कुराको लोभ पनि छैन म विशुद्ध जनताको सेवामा प्रतिवद्ध लाग्नेछु । म समाजमा रहेको विद्यमान भ्रष्टचारको विरोधी अभियान्त हु म समुन्नत समाज निर्माण अहोरात्र लागिपछु ।

तपाइ यदी विजयी हुनुभयो भने के के गर्नुहुन्छ ?

म सुनसरी क्षेत्र नं. १ को समग्र विकासका लागि पर्छु धरानको खहरे खोलालाई व्यवस्थित गरी साइडबाट वकिङ प्लाजा वनाउने छु । खुल्ला जिमखाना निर्माण गर्नेछु । पञ्चकन्या क्षेत्रमा मेडिटेसन हल वनाउनेछु । धरानलाई आहा भन्ने वनाउनेछु । हिजो हामिले सहयोग गरेर जिताएका स्वतन्त्र उम्मेद्वार आजका हर्क साम्पाङ राईले धरानको पहिचान नै गराएकाछन् वदनाम गरेका छैनन् । स्तवन्त्रप्रति जनताको भरोसा पनि छ ।

तपाईले हर्क साम्पाङ सहयोग गरेर जितायौं भन्नु भयो तपाई अहिले उठनु भएको छ उहाले सहयोग गर्नुहुन्छ ?

उहाले सहयोग गर्ने वताउनु भएको छ शायद उहाले सहयोग गर्नुहुन्छ होला जस्तो लाग्छ हामीले गरेको सहयोग नभुल्नु पर्ने हो ।
अन्त्यमा के भन्नुहुन्छ ?

म भ्रष्टाचार विरोधी अभियान्ता भएकोले म समुन्नत समाज निर्माण गर्नका लागि नीति निर्माण गर्न जान लागेको हो त्यसमा साथ सहयोग गरी मलाई विजयी गराउन सुनसरी क्षेत्र नं. १ का जनतामा अपिल गर्दछु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic