नेवार समुदायको अधिकारका लागि जस्तो सुकै अडिमा उभिनेछु अशोक राई

  • कार्तिक १९, २०७९
  • ९२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ कार्तिकः जनता समाजवादी पार्टी र नेकपा एमालेको गठवन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार अशोक कुमार राईले धरानका नेवार समुदायवीच भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।

नेवार समुदायका उद्योगी व्यापारी र समाजका प्रतिष्ठीत व्यक्तीत्वहरुको उपस्थितिमा प्रतिनिधि सभाका उम्मेद्वार राईले सम्वोधन गरेका थिए ।

ashok dai

आफ्नो समुदायको भावना र अधिकारलाई स्थापित गर्नको लागि जसले लडछ उसको पक्षमा आफूहरु रहेको नेवार एकता समाजका अध्यक्ष राजेशमान श्रेष्ठले वताए ।

धरानको नेवार समुदायका समस्याको वारेमा वोल्ने र अधिकारलाई नीति निर्माण मा नै दर्ज गर्ने नेतालाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उम्मेद्वार अशोक राईले नेवार समुदायाले नेपाल निर्माणमा र नेपालको मौलिक कला संस्कृतिको निर्माण पु¥याउनु भएको योगदान रहेको भन्दै प्रसंशा व्यक्त गरेका थिए ।

कोशी राजमार्गलाई वढाउने र घटाउने सन्र्दभमा भौतिक मन्त्रलयमा समेत ४ लेन भन्दा आफूहरुले दवाव नदिने वताएको जानकारी दिएका थिए ।

शक्ति जनतामा रहने कुरा हो सार्वभौभ अधिकारका लागि जनताले कस्लाई अस्तियारी दिन्छन भन्ने कुरा हो । म जितमा रमाउने र हारमा निराश हुने व्यक्ति होइन ।

सुनसरी क्षेत्र नं. १ का जनताको अधिकार र विकासका लागि म जस्तोसकुै अवस्थामा उभिने छु । नेवार समुदायको अधिकार लागि म जस्तो सुकै कठिन अवस्थामा उभिनेछु ।

लोकतन्त्रमा समानता हुनुपर्दछ । समुदाय भित्र रहेको विभेदको विरुद्धमा म सधै उभिनेछु । राज्यले विभेद गर्न हुदैन ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दैै प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार सुशिला राईले आफु समान अधिकारका लागि सधै उभिन प्रतिवद्ध रहेको वताइन ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic