कहिले मंसिर ४ आउछ र मलाई भोट दिउ भनेर जनता आतुर छन– अशोक राई

  • कार्तिक २२, २०७९
  • ४९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पूर्वमन्त्री अशोक राईले जनता आफूलाई भोट दिन आतुर रहेको वताएकाछन् ।

जनता समाजवादी र नेकपा एमालेको गठवन्धनबाट उम्मेद्वार वनेका राईले धरान–१६ को घरदैलोको क्रममा छोटो प्रतिक्रिया दिदै सो कुरा वताएका हुन् ।

स्वागत अभियानले पनि हामीले जिति सकेको महशुस गरेका छौं । मंसिर ४ गते छिटो भन्दा छिटो आफ्नो अभिमत वक्सामा वन्द गर्नुपाए हुने थियो भन्ने रहेको पाएको उल्लेख गरेकाछन् ।

समिकरणलाई जिताउनु अहिलेको राष्ट्रिय आवस्यकता हो । त्यो कुरा जनताले वुझेकाछन् । नेपाली राजनीतिमा आफूले दिएको योगदानको मुल्याङ्कनले पनि आफलाई जिताउन आग्रह गरेका थिए ।

आफ्नो प्रतिष्पर्धा अर्को गठवन्धनका उम्मेद्वारसंग हुने उनले जिकिर गरेका थिए ।

त्यसैगरी प्रदेश सभाका उम्मेद्वार विजयकुमार राईले जसपा र एमालेको तालमेलको उम्मेद्वारलाई अभिमत दिन उत्साहित रहेको प्रतिक्रिया दिएकाछन् ।

घरदैलोमा भेटिएका नेकपा एमाले धरान– १६ का सचिव हरी राउतले आफ्नो वडामा जसपा एमालेवीचको तालमेलका उम्मेद्वारको पक्षमा दिनप्रतिदिन माहौल वन्दै गएको प्रतिक्रिया दिएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic