जनता दलहरुको व्यवहारबाट आजित छन् यस पटक मलाई जिताउन पर्खिरहेकाछन् – मेन्याङ्वो

  • कार्तिक २२, २०७९
  • १९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तथा धरान नगरपालिकाका पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोले दलहरुबाट जनता आजित भएकोले यस पटक आफूलाई जिताउने दिने पर्खिरखेको वताएकाछन् ।

स्वतन्त्रबाट उम्मेद्वार वनेका मेन्याङ्वोले धरान–१३ को घरदैलो पश्चात अमरहाटमा कोणसभालाईलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन् ।

मेन्याङवोले टोल टोलमा स्वतन्त्रको पक्षमा माहौल वन्दै वताउदै आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए ।

आफू धरानको उपप्रमुख र प्रमुख हुदा गरेको कामलाई संस्थागत गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको वताए ।

धरानको २० वटै वडामा आफ्नो चुनाव चिन्हको लहर भएको दावी समेत गरेकाछन् । आफ्नो लहरले गठवन्धनका नेता कार्यकर्ताहरु तिलमिलाउन थालेको आरोप समेत लगाएकाछन् ।

जनतावीचमा जाने कुनै एजेण्डा नभएपछि आफ्नो चरीत्र हत्या गर्न पटि लागेको आरोप लगाउदै यस्ता भ्रममा नपर्न आग्रह गरेका थिए । जनता खरायोमा भोट हाल्न आतुर रहेको वताउदै कसैको भ्रममा नपर्न आग्रह गरेका थिए ।

त्यसैगरी कोण सभामा वोल्दै नेपाली कांग्रेसका सकृय सदस्य प्रेम पराजुलीले आफू नेपाली कांग्रेस भएपनि योग्य, दक्ष, सक्षम उम्मेद्वार भएकोले समर्थन गरेको वताए ।

त्यस्तै धरान–१३ का पूर्व वडाध्यक्ष हरीप्यारा श्रेष्ठले नीति निर्माणमा आफ्नो कुरा दर्ज गर्नसक्ने नेता चयन गर्ने वेला आएकोले त्यो क्षमता मनोज मेन्याङ्वोमा भएकोले आफूले समर्थन गरेको वताए ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic