जनता स्वतन्त्र युवालाई मतदान गर्न आतुर छन् – खगेन्द्र श्रेष्ठ

  • कार्तिक २६, २०७९
  • ७,८९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ कार्तिक ः प्रदेश सभा सदस्य पदका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फका स्वतन्त्र उम्मेद्वार खगेन्द्र श्रेष्ठले राजनीतिक दलहरुको व्यवहारबाट आजित भएकोले स्वतन्त्र युवालाई मतदान आतुर रहेको वताएकाछन् ।

khagandra = 2

आफ्नो चुनावी घरदैलो कार्यक्रमको क्रममा छाल खवरलाई प्रतिक्रिया दिदै उनले सो प्रतिक्रिया दिएकाछन् ।

सामाजिक अभियन्ता समेत रहेका श्रेष्ठले प्रदेश सभाका लागि धारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाछन् ।
समाज परिवर्तनको लागि अहारोत्र खटीने श्रेष्ठ यतिवेला मतदाताको घरदैलो अभियानमा व्यस्त रहेकाछन् ।

मतदाताको घर घर पुग्दा आफ्नो पक्षमा माहौल वन्दै गएको उनको भनाई रहेको छ । राजनीतिकि दलहरुले वर्षौदेखि झुठा आस्वासन मात्र दिने र काम नगरीदिने गरेकोले जनता अव दलका नेताका कुरामा विश्वास गर्न छाडेको प्रतिक्रिया पाएको उनको भनाई रहेको छ ।

manoj 3

मतदाताहरु आफूलाई मतदान गरेर विजयी गराउन आतुर रहेको पाएको उनले वताए । अधिकांश वुढापाकाहरुले आफूलाई जनताको असली सेवक भएर काम गर्न आर्सिवाद दिएको समेत उनले उल्लेख गरेकाछन् ।

आफू निर्वाचित भएर गएको खण्डमा प्रदेश नं. १ को नीति निर्माणका साथै विकास निर्माणमा समेत प्रभावकारी भूमिका निर्वाह गरेर प्रदेश नं १ लाई छ्या हैन आहा भन्ने वनाउने दावी गरेकाछन् ।

photo   5

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic