म जनताको शासक हैन सेवक वन्न चाहान्छु –मेन्याङवो

  • कार्तिक २८, २०७९
  • १,०४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ कार्तिक ः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू शोषक नभई जनताको सेवक वन्नको लागि उम्मेद्वार वनेको वताएकाछन्

धरानको विभिन्न वडामा चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा वोल्दै उनले सो कुरा वताएका हुन् ।

आफूले दश वर्ष जनताको सेवक भएर काम गरीसकेको अनुभव रहेको र आगामी दिनमा पनि सुनसरी क्षेत्र नं १ का जनताको पक्षमा नीति वनाउन र विकासको लागि पहल कदमी गर्ने वताएकाछन् ।

saroj and gridhari

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहारोत्र खटेर यस क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र वनाएर देखाउने प्रतिवद्धता समेत जनाएकाछन् । उनले आफूले सस्तो लोकप्रियताको लागि यो गर्छु त्यो गर्छु भनेर झुठा आस्वासन नवाढने उनको भनाई थियो । प्रतिनिधि सभा भनेको नीति निर्माणसंगै विकास निर्माणको काम पनि गर्ने भएकोले त्यसका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने उनले वताए ।

raj and presm

विभिन्न युवाहरुको समूहलाई सम्वोधन गर्दै आफू युवाको पक्षमा विगतदेखि नै काम गर्दै आएको र आफू निर्वाचित भएर गएको खण्डमा युवा लक्षित नीति र कार्यक्रम निर्माणमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए 

उनले जनता आफूलाई जिताउन आतुर रहेको दावी गर्दै आफ्नो जीत सुनिश्चित रहेको जिकिर गरेका थिए ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic