जसपाका अशोक राई सुनसरी १ बाट विजयी

  • मंसिर १२, २०७९
  • १८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः एमाले जसपाका उम्मेद्वार अशोककुमार राई सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ ९सरिन०लाई ४५३ मतान्तरले पराजित गर्दै राइ्र्र विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले १७ हजार ५९ मत पाई विजयी भए भने तामाङले १६ हजार ६०६ मत पाएकी छिन् ।

यसैगरि, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मगरले ३ हजार ८१८ पाएका छन् । 


को हुन् अशोक राई ?

२०२९ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका अशोककुमार राई नेकपा एमालेका लोकप्रिय नेता थिए ।

पञ्चायतकालमा १३ वर्ष भूमिगत जीवन बिताएका उनी बहुदलीय व्यवस्था स्थापनापछि तीनपटक सरकारको मन्त्री बने ।
उनी २०४८ सालको संसदीय निर्वाचनमा खोटाङबाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भए ।

२०५१ सालमा एमाले नेतृत्वको सरकारमा उनी निर्माण तथा यातायात मन्त्री बने । उनी २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री र २०६२ साल स्वास्थ्यमन्त्री भए ।

यातायात मन्त्री भएका बेला मध्यपहाडी राजमार्ग निर्माणमा विशेष भूमिका खेलेका राईले स्वास्थ्यमन्त्री भएका बेला बाल मृत्युदर कम गर्न सरकारी अस्पतालबाट सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएका थिए ।

चार दशक सक्रिय राजनीति गरेका उनले पहिचानसहितको संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता मुद्दामा असहमति राख्दै २०६९ सालमा एमाले परित्याग गरेको घोषणा गरे ।

२०७० सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट सांसद बने ।

केही राजनीतिक साहित्यिक पुस्तकसमेत लेखेका राई २०७४ सालको निर्वाचनमा सुनसरी–१ बाटै उम्मेदवार बनेका थिए ।
तर त्यसबेला उनी २२ हजार १२३ मत ल्याएर दोस्रो भए ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic