जन्म दिनमा सुरेन्द्रद्धारा दुई विद्यालयलाई सहयोग

  • मंसिर १५, २०७९
  • १,९०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः आफ्नो जन्म दिन कसैले होटलहरुमा महंगो पाटी गरेर त कसैले फजुल खर्च गरेर मनाउने गरेकाछन् तर त्यो भन्दा फरक ढंगले मनाएकाछन छाल खवरका शिक्षा सम्पादक धरान–१४ निवासी शिक्षासेवि सुरेन्द्र घिमिरेले ।

उनले फजुलमा पाटी गरेर गरीने खर्च बिद्यालयमा अक्षयकोष स्थापना गरि बिद्यार्थीहरु सङ्ग आफ्नो जन्म दिन मनाएका छन।

घिमिरेले बिहिबार धरान–१४ स्थित दन्तकाली मा.बि.मा आफ्ना स्वर्गीय हजुरबुवा देउ नारायण घिमिरेको स्मृतिमा ५० हजार रुपैया बराबरको देउ नारायण घिमिरे स्मृती अक्षयकोष स्थापना गरेका छन् ।

घिमिरेले पबित्र बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्वरुप जम्मा गरेको ५० हजार रुपैयाको डिपोजिट रसिद बिद्यालयका सहायक प्र.अ. श्रीप्रसाद कोइरालालाई हस्तान्तरण गरेका थिए ।

आफू पनि शिक्षा क्षेत्रमा आबद्ध भएकाले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्ययन गर्न अभिप्रेरित गर्ने उद्येस्यले अक्षयकोष स्थापना गरेको घिमिरेले बताए। अक्षयकोष बापत जम्मा गरेको रकमको ब्याजले कक्षा ८ को बार्षिक परीक्षामा उत्कृष्ट हुने एक जना छात्र र एक जना छात्रालाई छात्रबृत्ती प्रदान गरिने सहायक प्र.अ.कोइरालाले जानकारी दिए।

photo = 2 4

कार्यक्रममा बिद्यालयका शिक्षकहरु बालकृष्ण चौलागाई, कृष्ण तिम्सिना लगायतको उपस्थिती थियो। शिक्षासेबी घिमिरे लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्ध रहेका छन।

छाल खवर डटकम अनलाइनका शिक्षा सम्पादक रहेका घिमिरे केन्द्रीय प्रबिधि क्याम्पस हात्तिसार, बिरेन्द्र मेमोरियल कलेज लगायतका शैक्षिक संस्थामा अध्यापनरत छन भने इटहरी स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का सञ्चालक हुन।

जनता आधारभुत बिद्यालयलाई १० हजार सहयोग

यसैगरि बिहिबार नै घिमिरेले धरान(५ स्थित ठिङ्गाबारीमा रहेको जनता आधारभुत बिद्यालयमा पुगेर निर्माणाधिन अबस्थामा रहेको भवनलाई थप सहयोग पुगोस भन्ने उद्येस्यले आर्थिक सहयोग गरि बिद्यार्थीहरु सङ्ग जन्म दिन मनाए।

घिमिरेले बिद्यालयकी प्रधानाध्यापक रीता पोख्रेललाई १० हजार रुपैया नगद प्रदान गरे। ूयो बिद्यालयको अबस्था नाजुक छ भनेर पहिले सुनेको थिए, आज जन्म दिनमा सहयोग गर्न पाउँदा खुशी लाग्यो– उनले भने। निर्माणाधिन भवनको झ्याल ढोका लगाउन उक्त रकम प्रयोग गरिने बिद्यालयकी प्र.अ.पोख्रेलले जानकारी दिइन।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic