हिविसकस वोडिङ स्कुलद्धारा पूर्व तयारीका विषयमा जानकारी

  • मंसिर १६, २०७९
  • ३,९१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ कार्तिक ः हिविसकस वोडिङ स्कुल धरान–१५ ले हाजिरी जवाफ प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीहरुका लागि पूर्व तयारीका विषयमा जानकारी गराएको छ ।

स्कुलले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिताको लागि पूर्व तयारीको लागि जानकारी गराएको हो ।

पुष १४ र १५ गते आयोजना हुन लागेको सो प्रतियोगितामा सहभागी स्कुलहरुले गर्नुपर्ने तयारीका विषयमा विद्यार्थीहरु र स्कुलहरुलाई शुक्रवार स्कुलले प्रतियोगितामा सोधिने प्रश्नहरुको विषयका वारेका जानकारी गराएको थियो ।

विद्यार्थीहरुलाई पूर्व तयारी गर्न सहज होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल गंगाराम राईल जानकारी दिएकाछन् ।

प्रतियोगितामा धरान भरीका नीजि तथा सरकारी गरी २७ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताका संयोजक रमेश माझीले जानकारी दिएकाछन् ।

अन्य इच्छुक विद्यालयहरुले मंसिर मसान्तसम्म आफ्नो विद्यालयको नाम दर्ता गर्न सक्ने गरी समय दिइएको संयोजक माझीको भनाई रहेको छ ।

प्रतियोगितामा नीजि विद्यालयतर्फ विद्याभुषण वोडिङ स्कुल,सिदार्थ शिसु वोडिङ स्कुल, नेपाल पुलिस स्कुल, सिर्जना इङलिस स्कुल,च्याम्पियन वोडिङ स्कुल, आवरहोम वोडिङ स्कुल, होलील्याण्ड इन्टरनेशनल स्कुल, समिट वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी, धरान लिगामेन्ट रेसिडेन्सियल वोडिङ स्कुल, एक्वा सेकेण्डरी वोडिङ स्कुल, नोवेल एकेडेमी, सरस्वति सेकेण्डरी स्कुल, सियोन स्कुल, ज्ञानोदय सेकेण्डरी स्कुल रहेकाछन् ।

त्यसैगरी सरकारी विद्यालयतर्फ पव्लिक मा.वि, फुस्रे, पव्लिक हाइस्कुल धरान १२, शिक्षा निकेतन, ल्याव्रोटरी मा.वि. रहेको संयोजक माझीले जानकारी दिएकाछन् ।

स्कुलका प्रिन्सिपल गंगाराम राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो,पाचौं र छैटौ हुने विजेताहरुलाई क्रमस १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगद मेडल र प्रमाण–पत्र प्रदान गरीनेछ ।

प्रिन्सिपल राईका अनुसार विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्यय्नमा प्रोत्साहन गर्नको लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

यो प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिदै जाने स्कुलका प्रिन्सिपल गंगाराम राईले जानकारी दिएकाछन् ।

यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको राईको भनाई रहेको छ ।

यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको दावी रहेको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic