हिविसकसकी आस्था उदास भविष्यमा डाक्टर वन्ने

  • मंसिर १९, २०७९
  • ३,८३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, साउन ः विद्यालयको समय वाहेक दैनिक घरमा ३ घण्टाको पढाईको नै कक्षामा प्रथम हुनका लागि पयाप्त वन्ने गरेको छ आस्था उदाशलाई ।

हिविसकस वोडिङ स्कुल धरान–१५ मा कक्षा ६ मा अध्ययनरत आस्था कक्षाकी प्रथम विद्यार्थी हुन ।

हुने विरुवाको चिल्लो पात भने झै उनी पढनमा मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापमा पनि अगाडी छिन् ।

hibicus-final-photo

स्कुलले आयोजना गर्ने नृत्य प्रतियोगितामा त उनी दोस्रो हुन परेको छैन् । संगीत क्षेत्रमा आएको नया नया गीतमा नृत्य गर्ने उनको सोख रहेको छ । त्यसो त पढाईमा पनि उनलाई अभिभावकले घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पदैन । विद्यालयबाट घर आइपुग्ना साथ विद्यालयको गृहकार्य गर्न वस्नु उनको दैनिक दिनचर्या नै वनेको छ ।

त्यसो त आस्था पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी हुने गरेकीछिन् । ड्रोइङ प्रतियोगिता,नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरुमा उनी सहभागी हुनु मात्र हैन प्रतियोगिताहरुमा विजेता नै हुने गरेकीछिन् । विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगितामा उनी प्रथम नै बनेकीछिन् ।

आस्था भविष्यमा डाक्टर वनेर असहाय र विरामीहरुको सेवा गर्ने लक्ष्य लिएको वताउछिन् ।डाक्टर नै किन वन्ने भन्ने प्रश्नमा उनी भन्छिन् – अरु सेवा भन्दा डाक्टर वनेर सेवा दिदा मानवीय सेवा समेत हुने हुदा डाक्टर वन्ने लक्ष्य लिएको वताउछिन् ।

आस्थाका वुवा अमिर उदाश होटल व्यवसाय गर्नुहुन्छ भने आमा अनिता उदाश गृहिणी हुनुहुन्छ ।

आजका बाल बालिका भनेका भोलीका राष्ट्रका कर्णधार हुन भन्ने भनाईलाई चरीतार्थको गर्नको लागि उनीहरुलाई उचित शिक्षाको खाचो हुन्छ । त्यसका लागि पनि अभिभावकले ध्यान दिन जरुरी छ । अभिभावक र विद्यालयले सही मार्ग निर्देशन ग¥यो भने उनीहरु भविष्यमा सही मार्गमा अघि वढन सक्छन ।

आस्थाका व विषयमा विद्यालयका निर्देशक गंगाराम राई भन्नुहुन्छ – परिश्रमी, मेहनती, लगनशील,अनुशासित, ज्ञानी र जेहेन्दार विद्यार्थी हुन ।

उनको लगनशीलता र मेहनतबाट विद्यालयले भविष्यमा ठूलो अपेक्षा गरेको छ । उनले भविष्यमा विद्यालयको गरीमालाई उच्च वनाउने कुरामा आफूहरु विश्वस्त रहेको प्रिन्सिपल राईको भनाई रहेको छ ।

आफ्ना भावि सन्ततिका लागि हरेक अभिभावकहरु सचेत र संवेदनशील हुनपर्नेमा निर्देशक राईको सुझाव रहेको छ ।

विद्यालय र अभिभावकको एक आपसमा सहकार्य भएमा बालबालिकाको भविष्य सुनौलो र उज्वल वन्ने छ । शिक्षक र अभिभावकवीचको समन्वय अपरीहार्य रहेको प्रिन्सिपल राईको भनाई रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic