प्रतिष्ठानको शिक्षाध्यक्षमा शर्मा नियुक्त सवैको सल्लाह र सुझाव दिएर अघि वढछु शर्मा

  • पुस ७, २०७९
  • २,७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुष ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रा.डा.सञ्जीव कुमार शर्मा नियुक्त भएका छन् । विगत ३ महिनादेखि रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रा.डा.शर्मालाई नियुक्त गरीएको हो ।

तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरु प्रसाद खनालको पदावधि गत असोज २६ मा समाप्त भएको थियो ।

शर्मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ईन्टर्नल मेडिसिन विभागमा कार्यरत रहेकाछन् ।

प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (ग) र १० बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गले शर्मालाई नियुक्त गरेका हुन ।

शर्मा चिकित्सकमा मात्र नभएर समाजमा पनि लोकप्रिय रहेकाछन् । विरामीका भगवानको उपनामले समेत चिनिने गरेको छ ।

नव नियुक्त शिक्षाध्यक्ष प्रा.डा. शर्माले प्रतिष्ठान भित्रको विभिन्न विभाग मध्येको एक विभाग रहेको र सवैको सल्लाह र सुझाव लिई प्रतिष्ठानलाई थप मजवुत वनाउदै शिक्षा र अध्ययन क्षेत्रलाई थप प्रभावकारी वनाउन पहल गर्ने प्रतिक्रिया दिएकाछन् ।

शर्मा ५ वर्षका लागि नियुक्त भएका हुन । 

त्यसैगरी प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप (दफा) १० (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा.नीलाम्बर झा तथा मााइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनीत भएका छन् ।

मनोनीत भएका प्रा.डा.झा तथा डा.भट्टराईको कार्यकाल ४ वर्षको हुने प्रतिष्ठानले जानकारी दिएको छ ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic