प्रतिष्ठानको शिक्षाध्यक्षमा शर्मा नियुक्त सवैको सल्लाह र सुझाव दिएर अघि वढछु शर्मा

  • पुस ७, २०७९
  • २,७८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुष ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रा.डा.सञ्जीव कुमार शर्मा नियुक्त भएका छन् । विगत ३ महिनादेखि रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रा.डा.शर्मालाई नियुक्त गरीएको हो ।

तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरु प्रसाद खनालको पदावधि गत असोज २६ मा समाप्त भएको थियो ।

शर्मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ईन्टर्नल मेडिसिन विभागमा कार्यरत रहेकाछन् ।

प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (ग) र १० बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गले शर्मालाई नियुक्त गरेका हुन ।

शर्मा चिकित्सकमा मात्र नभएर समाजमा पनि लोकप्रिय रहेकाछन् । विरामीका भगवानको उपनामले समेत चिनिने गरेको छ ।

नव नियुक्त शिक्षाध्यक्ष प्रा.डा. शर्माले प्रतिष्ठान भित्रको विभिन्न विभाग मध्येको एक विभाग रहेको र सवैको सल्लाह र सुझाव लिई प्रतिष्ठानलाई थप मजवुत वनाउदै शिक्षा र अध्ययन क्षेत्रलाई थप प्रभावकारी वनाउन पहल गर्ने प्रतिक्रिया दिएकाछन् ।

शर्मा ५ वर्षका लागि नियुक्त भएका हुन । 

त्यसैगरी प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप (दफा) १० (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा.नीलाम्बर झा तथा मााइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनीत भएका छन् ।

मनोनीत भएका प्रा.डा.झा तथा डा.भट्टराईको कार्यकाल ४ वर्षको हुने प्रतिष्ठानले जानकारी दिएको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic